भीम रावल निष्कासन भएको ११ दिनपछि पूर्व आइजिपीले छाडे एमाले

पूर्व आइजिपी सर्वेन्द्र खनालले आफू एमाले पार्टीमा आवद्ध नरहेको जनाएका छन् । ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरेका उनले पार्टीमा कुनै जिम्मेवारी नपाएका कारण पार्टी परित्याग गरेका हुन ।

बिज्ञापन

२०४६ माघमा इन्स्पेक्टरबाट सेवा प्रवेश गरी २०७४ सालमा २६औं प्रहरी महानिरीक्षकको फुली लगाएका सर्वेन्द्र खनालले २२ महिना प्रहरी प्रशासन चलाउँदा तत्कालीन सभामुख र मन्त्री आफ्ताब आलम पक्राउ गर्ने अब्बल प्रहरी अधिकृत हुन । लामो समय अपराध महाशाखाको नेतृत्व गर्दा गुण्डा नाइके कुमार ‘घैंटे’लाई इन्काउण्टर गरे । फुटबलको ‘म्याच फिक्सिङ प्रकरण’मा तत्कालीन राष्ट्रिय टिमका कप्तान सागर थापासहित पाँच खेलाडीलाई नियन्त्रणमा लिएर मुद्दा चलाए । पेट्रोलियम पदार्थमा कालोबजारी गर्ने तत्कालीन सहसचिव (हाल सचिव) रामआधार साहलाई हत्कडी लगाउने काम पनि उनैले गरे । जमिम साह हत्याकाण्डमा संलग्नलाई नियन्त्रणमा लिने काम उनकै कमाण्डमा सम्पन्न भयो । तराईमा एसपी र प्रमुख जिल्ला अधिकारीहरू भूमिगत समूहको त्रासका कारण भाग्नुपर्ने स्थिति थियो ।

बिज्ञापन

१९ महिना त्यता बस्दा यस्ता समूहलाई तहसनहस पारे । नक्कली इञ्जिनियर पक्राउ, हुण्डी कारोबारी नियन्त्रण, कन्सलटेन्सीको ठगी धन्दामा लगाम, ललितपुरकोे ‘बडीखेल हत्याकाण्ड’ पर्दाफास गर्ने काम उनकै पालामा भएको हो । युएनमा चार पटकसम्म पुगेका उनी आमोद गुरुङ झैं उतै अल्झिएर बसेनन् । प्रहरीको कमाण्डर हुँदा बेरुजु फस्र्योटमा सर्वोत्कृष्ट काम गरेको भन्दै दुई दुई पटक पुरस्कृत भए । प्रहरी प्रशासनलाई डिजिटलाइज गर्नेदेखि सामुदायिक साझेदारीको अवधारणा उनैले ल्याएका हुन् । अवकाशपछि एमालेको राजनीतिमा लागेका उनी गत आम निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका उनी उपनिर्वाचनमा तनहुँबाट समेत पराजय बेहोरेका थिए । त्यस पछि पार्टीले कुनै जिम्मेवारी नदिएको कारण उनले सो पार्टी परित्याग गरेका हुन ।

प्रधानमन्त्रीज्यू केपी ओलीसँग काम गर्दै गर्दा मैले लगेका राम्रा काममा कहीँ कतै अवरोध नआएको पाएपछि काम गर्न सहज हुन्छ भन्ने लागेर उनी एमाले राजनीतिमा लागेका थिए । अघिल्लो पटक प्रधानमन्त्री हुँदा राष्ट्रियतामा उहाँले जुन अडान देखाउनु भएको थियो, त्यो मन पर्ने नै भयो । हामी त सुरक्षासँग आबद्ध अधिकारी, राष्ट्र सुरक्षित हुनुप¥यो । स्वाभिमानका साथ बाँच्नुपर्‍यो । चाहे गरिब होस् वा धनी स्वाभिमान सबैभन्दा ठूलो कुरा हो । उसले सम्मानित जीवन बाँच्न खोज्छ । राष्ट्रियताको सवालमा मेरोलागि मिल्दोजुल्दो पार्टी यही हुनसक्छ भनेर हिजो एमाले रोजेको बताउँथें उनी । कानुन परिमार्जन, समन्वय, राष्ट्रिय सुरक्षा, परराष्ट्र नीतिमा देश कसरी विकसित हुन सक्छ भनेर पहिलेदेखि चासो भएका कारण राजनीतिमा आएको तर त्यो सेवामा आफूले चाहेजस्तो केही गर्न पाइएन, बञ्चित भए पछि अब आफू कुनै पार्टीमा नरहेको उनले जनाएका छन् । भीम रावल निष्कासन भएको ११ दिनपछि पूर्वआईजीपी खनालले पनि एमालेबाट बाहिरिएको घोषणा गरेका हुन्।

बिज्ञापन

‘राष्ट्रघाती दोषीहरूलाई कानूनी कठघरामा पुर्याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ। म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु, उनले भनेका छन्।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।