साँझ परेपछि सचिवहरुलाई स्टाफ कलेजमा डाकेर ‘केरकार’

कर्मचारीको असहयोगका कारण पर्फमेन्स नदेखिएको मन्त्रीहरुको बारम्बारको आरोपसँगै सरकारको दपेटाईमा परेका सचिवहरु केरकारमा परेका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई छापामार शैलीमा बेलुका जावलाखेलस्थित स्टाफ कलेजमा भेला गराएर सोधपुछ गरेका छन्।

बिज्ञापन

ललितपुरको जावलाखेलस्थित कर्मचारी प्रशिक्षण प्रतिष्ठानको हलमा रात परेपछि शुरु भएको सोधपुछमा विभिन्न मन्त्रालयका सचिव उपस्थित रहेको थियो । पार्टीका भेला बैठकमा जस्तै लामो प्रवचन दिएका प्रधानमन्त्री ओली त्यसक्रममा कर्मचारीको काम गराईप्रति चर्को असन्तुष्टि पोखे ।

बिज्ञापन

राजनीतिक स्थायित्वसहित तीब्र आर्थिक विकासको एजेण्डा अघि सारेर नेपाली काँग्रेसको सहयोगमा सत्ताको नेतृत्वमा पुगेका ओलीको छ महिने कार्यकालमा सरकारले गणना गर्न लायक काम गर्न सकेको छैन । अन्तिम विकल्पका रुपमा गठन भएको भनिएको दुई दलीय सरकारले सिन्को भाँच्न नसक्दा सरकारको औचित्यमाथि प्रश्न उठिरहेको छ । आम रुपमा चर्को निराशा छ भने ओलीको लोकप्रियता निरन्तर ओरालो लागिरहेको छ ।

‘डेलिभरी भएन,के ताल हो तपाईंहरुको ? भनेर सोध्दा केही मन्त्रीले ऐन र कार्यविधिलाई देखाएर सचिवले कलम घुमाउन नमानेका कारण काम गर्न नसकेको जवाफ दिएका थिए । केही मन्त्रीले सचिवको नामै लिएर अख्तियार लाग्छ भनेर कामै गर्दैनन्, हामीले भनेको पनि टेर्दैनन’ भन्ने पोल लगाएको कर्मचारीहरुको गुनासो छ ।

बिज्ञापन

तर,सरकारले डेलिभरी दिन नसक्नुमा कर्मचारीलाई दोष देखाएर मन्त्रीहरु पानीमाथिको ओभानो बन्न खोजेपछि केही दिनअघि ओलीले म आफैँ सचिवहरुसँग कुरा गर्छु भने पछि सोहीबमोजिम हिजो सिंहदरबारका सचिवहरुलाई साँझ परेपछि जावालखेलस्थित स्टाफ कलेजमा तत्काल हाजिर गराएर केरकार गरिएको हो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

बिशेष