लोकसेवाको राय :- प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव संघ मातहत नै हुनुपर्छ

लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सरकारको प्रदेश सचिव संघ मातहत नै राख्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो राय दिएका हुन । यस्तै रेग्मीले प्रमुख जिल्ला अधिकारी नेपाल सरकारको प्रतिनिधि हुने भएको कारण जिल्लाको मर्यादाको एक नम्बरमा प्रमुख जिल्ला अधिकारी नै हुनुपर्ने सुझाव दिएका छन् ।राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल गर्ने क्रममा आज लोकसेवा आयोगसँग छलफल गरेको हो ।

बिज्ञापन

सो क्रममा आयोगका अध्यक्ष रेग्मीले  प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव संघीय सेवाकै हुनुपर्ने राय दिएका छन् । यस्तै रेग्मीले निजामती सेवामा प्रवेश विन्दु तीन बर्षले घटाइनुपर्ने प्रस्ताव गरेका छन् । अहिले पुरुषको हकमा ३५ र महिलाको हकमा ४० बर्षे सेवा प्रवेश रहेकोमा तीन तीन बर्षले घटाएर पुरुषको हकमा ३२ र महिलाको हकमा ३७ बर्ष बनाइनुपर्ने सुझाव दिएका छन् । अवकाशको उमेर हद २ बर्ष बढाएर ६० पुर्याउन लिखित सुझाव दिएका छन् ।

बिज्ञापन

यस्तै रेग्मीले प्रमुख जिल्ला अधिकारी नेपाल सरकारको प्रतिनिधि हुने भएको कारण जिल्लाको मर्यादाको एक नम्बरमा प्रमुख जिल्ला अधिकारी नै हुनुपर्ने सुझाव दिएका छन्

यस अघि आयोगले संशोधन प्रस्तावकर्ता,पूर्व मुख्यसचिव,सचिव,लोकसेवाका पूर्व अध्यक्ष,विज्ञहरुसँग छलफल गरिसकेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

मध्यराति भागेर ज्यान जोगाए कर्मचारी र सुरक्षाकर्मी, तातोपानी भन्सारमा ३२ करोडको एक्सरे मेसिन पनि प्रभावित

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

महिना दिनमै अनलाइनबाट २३ सय आवेदन,३१९ को सरुवा

बिशेष