सभापतिका स्वकीय निलम्बित,मन्त्रीका स्वकीयमाथि खै छानबिन ?

पछिल्लो समय मन्त्रीका स्वकीयहरु नै बार्गेनिङमा सक्रिय रहेको पाइएको छ । सहकारी प्रकरणमा श्रीमती जोडिएर बदनामी खेपिरहेका र विपक्षी दलहरुले राजीनामा मागिरहेका लेखा समितिका सभापति स्वकीयकै कारण विवादमा परेका छन् ।

बिज्ञापन

संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध ठगी मुद्दामा अनुसन्धान गर्न परमादेश जारी भएको छ । मोरङको रंगेली नगरपालिका–२ घर भई हाल काठमाडौं बस्ने स्वकीय सचिव अनिल पोखरेल ३८ लाख ३० हजार रुपैयाँ ठगीमा जोडिएका हुन् । ठगी प्रकरणमा पोखरेललाई पक्राउ गरेर अनुसन्धान गर्न उच्च अदालत विराटनगरले आदेशसमेत दिएको छ ।

बिज्ञापन

नेकपा (एमाले) मोरङ जिल्ला कमिटी सदस्यसमेत रहेका अनिलविरुद्धको मुद्दामा अनुसन्धान गर्न उच्च अदालत,विराटनगरले जिल्ला प्रहरी कार्यालय, मोरङका नाममा परमादेश जारी गरेको हो । न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले त्यस्तो आदेश दिएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध ठगी मुद्दामा परेको जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउन परमादेश दिएको छ । गत भदौ ३१ गते उच्चले दिएको परमादेश पुस ११ गते प्रमाणीकरण भएको हो ।
अदालतको परमादेशपछि सभापति ऋषिकेशले उनलाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाएका छन् । विभिन्न सञ्चारमाध्यममा आइरहेको समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले आजको मितिबाट लागू हुनेगरी जिम्मेवारीबाट हटाइएको बताएका छन् ।

अनिलविरुद्ध स्थानीय बौआलाल चौधरीले ठगी मुद्दा दायर गरेका हुन् । छोरीको नाम एमबीबीएसको इन्ट्रान्समा निकालिदिन्छु र होस्टेलमा बस्ने व्यवस्था मिलाइदिन्छु भन्दै पटकपटक गरी ३८ लाख ८० हजार रुपैयाँ लिएको र एमबीबीएसमा नाम ननिस्किएपछि पैसा फिर्ता माग्दा धम्की दिएको बौआलालले अदालतमा दायर गरेको निवेदनमा उल्लेख छ । छोरीलाई पार्टीको कोटाबाट एमबीबीएसमा नाम निकालिदिने भन्दै पोखरेलले आफूसँग ३८ लाख ३० हजार रुपैयाँ लिएको सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीले बताए । विभिन्न मितिमा आफूबाट पोखरेलले ७ पटक रकम लिएको उनको भनाइ छ । नविल बैंकमा रहेको पोखरेलको खातामा चौधरीले रकम जम्मा गरिदिएका थिए । पोखरेलको खातामा रकम जम्मा भएको चौधरीले अदालतमा बुझाएको स्टेटमेन्टमा उल्लेख छ ।

बिज्ञापन

सभापति पोखरेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध पनि अदालतमा मुद्दा चलिरहेको छ । मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा मुछिएकी उनी पक्राउ पुर्जी जारी भएलगत्तै बेपत्ता छिन् ।

उता संघीय मन्त्रीका एक स्वकीय उपसचिवले कर्मचारी सरुवाका लागि सात लाख माग गरेको च्याट संवाद नै बाहिरिएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको स्वकीय उपसचिव शिव पटेलले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन सातदेखि दश लाख रकम मोलमोलाई गरेको संवाद नै बाहिरिएको थियो । पटेलले पर्साकै एउटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) खटाउनका लागि सात लाख डिमाण्ड गरेको ह्वाट अप च्याट नै बाहिरिएको धेरै भएको छैन । यस अघि भएको स्थानीय तहको निर्वाचनमा पर्साको बहुदरमाई नगरपालिकाबाट एमालेतर्फबाट मेयरका उमेद्धार थिए । उनी जसपाका सिंगासन साह तेलीसँग पराजित भए । मेयरमा पराजय भोगेका उनी गत श्रावण ९ गतेदेखि उनी मन्त्री गुप्ताका सचिवालयमा छन् । उनैले पर्साकै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत लैजानका लागि उनले सात लाख डिमाण्ड गरेका थिए । संवाद गर्ने व्यक्तिले ५ लाख ५० हजार सम्ममा मिलाउनका लागि आग्रह गरेका छन् तर पटेलले सात लाख लिएर आफूलाई जानकारी गराउन पटेलले भनेका छन् । यो संवाद अहिल अघि ४ सेप्टेम्बरको हो । कर्मचारी सरुवामा खुलेआम मोलमोलाई गर्ने तिनै पटेलको हातबाट सम्मानीय केपी शर्मा ओली अभिनन्दित भएका हुन ।

गत साता उनै पटेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १८० किलोको माला पहिर्याएर अभिनन्दन गरेका थिए ।गुप्ताको स्वकीय उपसचिव शिव पटेलले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन सातदेखि दश लाख रकम मोलमोलाई गरेको संवाद नै बाहिरिएको हप्तौ भयो तर उनलाई हटाउने त परको कुरा स्पष्टीकरण समेत सोधिएको छैन । बरु उल्टै प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई १८० किलोको मालाले अभिनन्दन गर्दा अग्रपक्तिंमा देखिएका छन्,उनी ।

यो बिषय सत्य तथ्य बुझेर छानबिन गर्ने र उनीमाथि थप एक्सन लिइने बताएका थिए मन्त्री राजुकमार गुप्ताले । मन्त्री गुप्ताका प्रेस सल्लाहकार कृष्ण कुशवाहलाई यस बिषयमा जिज्ञासा राख्दा मन्त्रीका उप स्वीकय सचिवको ह्वाटस च्याट लिक भएको स्वीकारे । यद्यपि लिक भएको ह्वाटस सप च्याटमा पटेलको फोटो र नाम मात्र देखिएको,बार्गेनिङ गरिएको भनिएको पात्र,र पटेलको मोवाइल नम्बर समेत त्यहाँ नदेखिएका कारण उक्त लिक भएको च्याट शंकास्पद् रहेको जनाए ।उनले यस्को सत्य तथ्य मन्त्रीज्यू आफैंले छानबिन गरिरहेको बताउँदै यदी प्रमाणीत भएको खण्डमा आजै साँझसम्ममा पटेललाई हटाइने प्रतिक्रिया दिएको आठ दिन व्यतित भइसकेको छ तर मन्त्रीका स्वकीय हट्नुको सट्टा उल्टै प्रधानमन्त्रीलाई माला लगाउने अग्रपक्तिमा देखिन्थें ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।