भूमि व्यवस्था तथा अभिलेख विभागले २५ जना नायब सुव्वा ३ जना खरिदारको सरुवा संशोधन गरेको छ। २०८१ असोज १ देखि १५ गतेसम्म ४८१ जना कर्मचारीको सरुवा भएको थियो । मालपोत अधिकृत ४६ जना, नायब सुब्बा २५४ जना, कम्प्युटर अपरेटर ४४ जना र खरिदार १०४ जनाको सरुवाको उजुरी र गुनासो पछि मन्त्रालयले सहसचिव मदन कोइरालाको नेतृत्वमा एउटा छानबिन समिति नै बनाएको थियो ।
बिज्ञापन
सो सरुवा गर्दा कानुन र विधि मिचेको छानबिन समितिले निष्कर्ष निकालेको र ६५ सरुवा रद्द गर्न सिफारिस गरेको थियो । मन्त्रालयको प्रशासन महाशाखा प्रमुख मदन कोइरालाको संयोजकत्वमा सोही महाशाखाका उपसचिव कृष्णप्रसाद भण्डारी र कानुन अधिकृत गोकुल भुजेल सदस्य रहेको समितिले उक्त सरुवा गर्दा निजामती सेवा ऐन र नियमावली बमोजिम नमिलेको निष्कर्ष निकालेको छ । खासगरी शाखा अधिकृत, नासु, खरिदार र कम्प्युटर अपरेटरको सरुवामा समस्या देखिएको छ । सरुवा सूचीको विश्लेषण गरेर समितिले प्रतिवेदन तयार गरेको हो । ऐन र नियमावलीबमोजिम दुई वर्षमा सरुवा हुनुपर्ने व्यवस्था पालना नभएको, सुगमबाट दुर्गम तथा दुर्गमबाट सुगमतर्फको सरुवा नमिलेको, प्राप्त मागरनिवेदनबमोजिम सरुवा नभएको, सरुवापछिको गुनासो सम्बोधन नभएको, सरुवा मापदण्ड नै नबनाएको र दरबन्दीअनुसारको सरुवा नभएको निष्कर्ष निकालिएको थियो । सो सरुवा हुँदा काठमाडौं उपत्यकाबाट उपत्यकाभित्रै मालपोत अधिकृत ७, नायब सुब्बा ४१, कम्प्युटर अपरेटर ७ र खरिदार १६ जनाको सरुवा भएको भेटिएसँगै तीन महिना पछि २८ कर्मचारीहरुको सरुवा संशोधन गरिएको् मन्त्रालयले जनाएको छ ।
सरुवा सूची संशोधन गरिएकोमध्ये,जनार्दन विक्रम कार्कीलाई कलंकीबाट महोत्तरी पठाइएको छ भने राजकुमार मगरको कलंकीबाट धादिङ पठाइएको छ । यस्तै डिल्लीबजार पुगेका यदुनाथ आचार्यलाई धादिङ मालपोतमा पठाइएको छ भने लक्ष्मी नारायण निरौलाको भक्तपुरबाट नुवाकोट, बिमल खनाललाई भक्तपुरबाट सर्लाही, रामप्रसाद भट्टराईको भक्तपुरबाट खोटाङ रमेश पोखरेल डिल्लीबजारबाट गोरखा पुगेका छन् । यस्तै सरुवा संशोधन भएकामध्ये राजकुमार कटुवालको साँखुबाट सरुवा भएर बारा पुगेका छन् भने त्यहाँ पुगेका चन्द्रमणि पोखरेल रौतहट पठाइएको छ ।
बिज्ञापन
यस्तै टिकाप्रसाद घिमिरेको काठमाडौँ,मनमैजुबाट स्याङ्जा, कमल लामाको ललितपुरबाट मकवानपुर, नरेश राम सिंहको लगनखेल ललितपुरबाट गोटीखेल ललितपुर पुगेका छन् । यस्तै देवराज भट्टराईको धादिङबाट काठमाडौँ साँखुमा ल्याइएको छ भने रामेश्वर कुँइकेल गोटीखेलबाट साँखु पठाइएको छ । दुर्गा शर्माको काभ्रेपलाञ्चोकबाट काठमाडौँ साँखु,द्रोणकुमार पराजुलीको नुवाकोटबाट ललितपुर,लगनखेलमा अवसर पाएका छन् । कृष्णकुमार मोतेको काभ्रेपलाञ्चोकबाट लगनखेल,ललितपुरमा ल्याँदा सुरेन्द्र थापाको दोलखा,चरिकोटबाट काठमाडौँ डिल्ली बजारमा आएका छन् ।
थकेन्द्रराज दाहालको खोटाङबाट मनमैजु, मनोज कुमार साहको सीमरा बाराबाट कलंकी, रुद्रबहादुर बुढाथोकीको काभ्रे पलाञ्चोकबाट भक्तपुर पठाइएको छ । यस अघि भक्तपुरबाट टोखामा पुर्ठयाइएको अन्जु शर्माको टोखाबाट भक्तपुरमै खटाइएको छ भने लक्ष्मीप्रसाद न्यौपानेको स्याङ्जाबाट कलंकी, योगेश बडालको टोखा बाट धनगढी,कैलाली पठाइएको छ ।
यस्तै खरिदार तहमा कार्यरत ३ कर्मचारीकाृे सरुवा संशोधन भएको छ । जसमा डिल्लीबजार मालपोतमा पुगेका अच्यूतम केसीलाई मालपोत गोटीखेलमा पठाइएको छ भने पोशनराज केसीलाई भक्तपुरबाट रामेछाप र निर्मल रावललाई लगनखेल ललितपुरबाट सिन्धुपाल्चोकमा खटाइएको छ ।