असाधरण विदा सेवा अवधिमा गणना गर्न इन्कार,उपसचिवले पाएनन् अन्तरिम आदेश

बढुवामा अन्याय भएको भन्दै उच्च अदालतको ढोका ढकढकाउन पुगेका उपसचिव रामप्रसाद मैनालीलाई अदालतले माग अनुसार अन्तरिम आदेश दिन इन्कार गरेको छ ।

बिज्ञापन

बढुवा सिफारिस समितिको पुस ३ गते बसेको बैठकले नेपाल प्रशासन सेवाका १९ जना उपसचिवहरुलाई सहसचिवमा बढुवा सिफारिस गरेको थियो । २०६७ माघ १ मा राजस्व समूहको उपसचिव नियुक्त भएका मैनाली बढुवामा छुटेसँगै भोलिपल्टै उच्च अदालत पाटन पुगेका थिए,न्याय खोज्दै । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,बढूवा समितिको सचिवालय,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,लोकसेवा आयोगलाई विपक्षी बनाउँदै उत्प्रेष्षण,परमादेश माग गरेका थिए । असाधारण विदा लिएर तीन बर्ष भन्दा बढी समय बेलायत बसेका मैनालीको असाधारण बिदा ३ वर्ष र गयलकट्टी भएको १ वर्ष १ महिना १ दिन घटाइएसँगै सेवा अवधिमा असाधारण विदा घटाउन नमिल्ने जिकिर गर्दै आफूलाई बढूवाबाट नछुटाउन माग गर्दै अदालत पुगेका थिए । तर उच्च अदालत पाटनका न्यायधीशद्धय खडानन्द तिवारी र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलाशले मैनालीको माग अनुसार अन्तरिम आदेश दिन इन्कार गरेको हो ।

बिज्ञापन

हाल अर्थ मन्त्रालय मातहतको सार्वजनिक वित्त तालिम व्यवस्थापन केन्द्रमा वरिष्ठ प्रशिक्षक (राजस्व)तर्फ कार्यरत मैनालीलाई बढुवा सिफारिस समितिले बढुवाको सम्भाव्य सूचीको अन्तिममा उनको नाम राखेको छ । निजामती सेवामा सबैभन्दा जेष्ठ उपसचिव रामप्रसाद मैनाली बढुवामा छुटेसँगै उनी अदालतको शरणमा पुगेको भए पनि उनले माग गरे अनुसार अन्तरिम आदेश नपाएका हुन । सहसचिवमा बढूवाका लागि ५८ उमेद्धारले दरखास्त दिएका थिए । जसमा प्रशासन सेवातर्फबाट पदम कुमार श्रेष्ठ,दिलिप कुमार गौतम,योगेन्द्र प्रसाद दुलाल,युवराज अधिकारी,भविश्वर पाण्डे,चन्द्रबहादुर शिवाकोटी,हेमराज भुसाल,भरत गौतम रहेका छन् । उनीहरुलाई जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवाका लागि सिफारिस गरिएको हो । यस्तै, विमलप्रसाद बराल,बलराम ढकाल,गोविन्द प्रसाद अधिकारी,पुरुषोत्तम अधिकारी,शान्तिराज प्रसाई,नारायणप्रसाद मैनाली,विजयराज सुवेदी चिरञ्जिवी तिमिल्सिना,कविन्द्र नेपाल र यमेन्द्र उपाध्याय बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन

५६ बर्ष पुगिसकेका मैनाली अवको दुई बर्ष पछि उमेर हद लागेर सेवाबाट निवृत्त हुँदैछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्री कार्यालयकै निर्देशन अवज्ञा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा शक्तिको खेल

१३ उपसचिवको सरुवा,संघबाट चारलाई पालिका,चारलाई घुमाइयो अन्तरपालिका

नापी कर्मचारीका नेतालाई सरकारले ‘डाँडा कटायो’

सुशीला-गौरीबहादुर कार्कीदेखि रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न सिफारिस

‘रवि लामिछाने जेलबाट भाग्नु फौजदारी अपराध,रवि र यी नेतामाथि अनुसन्धान गर्नु’:मानव अधिकार आयोग

विपद् प्राधिकरणमा कोइराला, राष्ट्रिय परिचयपत्र विभागमा पौडेल

सम्पत्ति छानबिन आयोगले थाल्यो काम :माग्यो कर्मचारी र पदाधिकारीको विवरण

२४०० कार्टुन लोड, ५९१ मात्रै बरामद : बाँकी भेप कहाँ गायब ?

बिशेष