क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विभिन्न २० निर्णय गरेको छ । जसमा केही नियुक्ति,ओएण्ड एम स्वीकृतिदेखि केही ऐन,नियम,नीति,मापदण्ड स्वीकृतिसम्मका निर्णय भएका छन् ।

बिज्ञापन

सरकारले राष्ट्रिय खेलकुद परिषद् राखेपको उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गरेको छ । रुपन्देहीका आचार्य एमाले निकट मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष हुन् । उनलाई मंगलबार बसेको क्याविनेट बैठकले उपाध्यक्षमा नियुक्त गरेको हो ।
यस्तै सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा बाजुराका छत्रबहादुर कटुवाललाई नियुक्त गरेको छ । यअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रिक्त कार्यकारी निर्देशक पदमा आवेदन दिएकामध्ये योग्य ८ जना उम्मेदवारको नाम सार्वजनिक गरेको थियो । जस अनुसार सेजमा भुपेन्द्रप्रसाद अर्याल, रामप्रसाद पौडेल, कृष्णसिंह बस्नेत, नवराज सापकोटा, छत्रबहादुर कटुवाल, राजेन्द्र श्रेष्ठ, रामचन्द्र ढकाल र संजय कुमारको दरखास्त स्वीकृत भएको थियो। तीमध्येबाट कटवलालाई अध्यक्षमा नियुक्त गरेको हो ।
यस्तै,प्रहरी अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गर्ने निर्णय पनि हिजोको क्याविनेटले गरेको छ ।
यस्का अलवा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी पहिलो संशोधन कार्यविधि स्वीकृत गरेको छ । प्रत्येक बर्ष माघ १४ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले देशभर सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने समेत गरेको छ । महान्यायाधिवक्ता कार्यालय र अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको

बिज्ञापन

मन्त्रिपरिषद्ले खानेपानी तथा सरसफाइ नियमावली, ऊर्जा विकास मार्गचित्र स्वीकृत गरेको छ भने निकासी पैठारीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

बिशेष