काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङलाई सरुवा गरिएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले तामाङलाई सरुवा गर्ने निर्णय गरेको हो। एआईजी किरण बज्राचार्य अवकास भएसँगै त्यहाँ तामाङलाई खटाइएको हो ।
बिज्ञापन
यस्तै गृह मन्त्रालयले पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट प्रहरी परिसर ललितपुरबाट एसएसपी शेखर खनाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा सरुवा गरिएको छ ।
यस्तै रानिपोखरीका एसएसपी विनोद घिमिरेलाई भने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा सरुवा गरिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरीमा कार्यरत एसएसपी श्यामकृष्ण अधिकारी जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा सरुवा भएका छन् । राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा कार्यरत एसएसपी सोमेन्द्र सिंह राठौरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरमा सरुवा गरिएको छ ।
अपराध अनुसन्धान विभागका कार्यरत रहेका एसएसपी भुपेन्द्र खत्रीलाई भरतपुर शिक्षालयमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।



































