सार्वजनिक जग्गा मिच्ने जनप्रतिनिधिसँग क- कस्को साँठगाँठ ? किन भएन कारवाही ?

सार्वजनिक जग्गा मिच्ने जनप्रतिनिधिलाई जोगाउन रसुवाका प्रशासकहरु नै लागिपरेको तथ्य भेटिएको छ ।

बिज्ञापन

रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिका ३ नम्बर वडाका अध्यक्ष मिङमर छिरिङ तमाङलाई जोगाउन राजनीतिक दल र प्रशासकहरु खुलेर लागिरहेको भेटिएको हो ।

बिज्ञापन

गोसाईकुण्ड गाउँपालिका वडा नं २ निवासी मिङमर छिरिङ तमाङको कित्ता नं १२५ र १५८ मा कानुन विपरित सार्वजनिक जग्गा मिचेर बंगला ठडाएको बिषयमा अख्तियारमा उजुरी परेको थियो । त्यहाँ ११ मिटरमा जग्गामा उनको घर बनेको भए पनि ४ मिटर जग्गा उनको  र सात मिटर जग्गा मिचिएको भन्दै अख्तियार गुहारिएको थियो । अख्तियारले सत्यतथ्य बुझेर आवश्यक कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयलाई पत्र काटेको थियो ८० साल माघ १४ गते ।कित्ता नं १२५ र १५८ मा कानुन बमोजिमको नक्सा पास गराई सोही कित्तामा नक्सा बमोजिम घर निर्माण गर्नु पर्नेमा सो विपरित कित्ता नं ७१ को सार्वजनिक जागा समेत मिचेर व्यक्तिगत प्रयोजनको लागि घर निर्माण गरेको र ग्रामिण जलविद्युत आयोजनाको संरचनामा हानि नोक्सानी गरेको समेत देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालयललाई पत्र काटेको थियो ।

जिल्ला प्रशासन कार्यालय प्रमुखका रुपमा वेदनिधि खनाल कार्यरत रहँदा ८१ वैशाख २३ गते सहायक प्रमुख जिल्ला अधिकारी गंगालाल योगीले गोसाइकुण्ड गाउँपालिकालाई सत्यतथ्य विवरण खुलाई पठाइदिन भन्दै पत्र काटेको थियो ,आवश्यक कारवाही गर्ने । तर यस्तो बदमासीमा जोडिएका तिनै जनप्रतिनिधिलाई जोगाउन अहिले कर्मचारीहरु हात धोएर लागेका छन् । यो बिषयमा बहालवाला प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलसँग जिज्ञासा राख्दा कारवाही प्रक्रिया अगाडि बढाउने वचन वद्धता व्यक्त गरेको भए पनि लामो समय व्यतित हुँदासम्म यो बिषय टुंग्याउन सकेको छैनन् । जिल्ला नापी कार्यालय रसुवाले समेत काइते छानबिन गरेको छ ।

बिज्ञापन

त्यहाँ कार्यालयले अमिन खटाएर फिल्ड निरिक्षण गर्दा प्रारम्भिक नाप जाँच अनुसार कित्ता नम्बर १२५ र कित्ता नम्बर १५८ बनेको संरचना आफ्नो कित्तामा कित्ता बनेको नर‌‌हेको पाइएको जनाएको छ । “फिल्डमा खटिएका हामी प्राविधिकहरुले उक्त जगाको वरिपरी रहेको अन्य कित्ताहरु तथा साविकको गोरेटो बाटो,साविकको पूरानो घर संरचनाहरुको अध्ययन एव नापजाँच गर्दा फिल्डको हालको भौगोलिक अवस्थाको जटिलता, साविक गोरेटो, घर संरचना तथा वा कित्ताहरुको साथ सिमाना एकीन साथ उपलव्ध हुन नसकेको कारण एकीन साध सीमाना भन्ने छुट्याउन वा रेखांकन गर्न प्राविधक टिम असमर्थ रहेको व्यहोरा अवगत गराउँछौं ।” जिल्ला नापी कार्यालयले प्रभावकारी ढङ्गबाट काम गर्न नसक्दा उनीमाथि कारवाही रोकिएको छ । अहिले रसुवा नापीका प्रमुख शिवजी केसी छन् । यसरी समस्या सृजना भए पछि नापी विभागसँग समन्वय गर्नुपर्नेमा सो नगरिएको र मुद्धा परेकै व्यक्तिसँग साँठगाँठ गरेको नापी विभागका अधिकारीहरुले आंशका गरेका छन् ।

सार्वजनिक जग्गा मिचेर बंगला ठडाउने वडा अध्यक्ष चाहिँ एमालेका हुन । सो पालिकाका अध्यक्ष एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका कैसाङ तमाङ हुन । एमालेकै जनप्रतिनिधिले एमालेकै जनप्रतिनिधिलाई कारवाही गर्ने सक्ने कुरै भएन । यता सार्वजनिक जग्गा मिचेर घर बनाएका अध्यक्ष तमाङले पूरानो बदमासी पखाल्नका लागि घरै नजिकै लाखौं खर्चेर गुम्बा निर्माण गरेका बताइन्छ । उसो त वडा अध्यक्षको पृष्टभूमि निकै विवादित छ । यस अघि बाघको छाला तस्करी प्रकरणमा उनी सात बर्ष जेल बसेर फर्किएका व्यक्ति हुन ।सामान्य पृष्टभूमिका उनले अहिले काठमाडौंस्थित स्वयम्भुको नाम्गेल चोकमा अलिसान बंगला ठडाएका छन् । यस्का अलवा रसुवाको खाम्जिङ र अहिले विवादमा परेको टिमुरे २मा अलिसान बंगला ठडाएका छन् र सो घर भाडामा लगाएका छन् । यस्तै केरुङ र पार्टनरसीपमा लामा होटलमा चलाइरहेका छन् ।

अहिले यो बिषय रोक्नका लागि  अध्यक्ष मिङमर छिरिङ तमाङ एमालेकै जिल्लास्तरीय नेताहरु लगाएर प्रभावित पार्ने चलखेलमा लागेका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।