प्रमुख प्रशासकीय अधिकृत पठाउन मन्त्रीको सचिवालयबाटै सात लाख डिमाण्ड,के हो सत्य तथ्य ?

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटन पटन गरिँदा मन्त्रीकै सचिवालयबाट रकम मोलमोलाई गरिएको प्रमाण नै बाहिरिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता विवादमा परेका छन् । मन्त्री गुप्ताको स्वकीय उपसचिव शिव पटेलले एउटा पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउनका लागि सात लाख रकम डिमाण्ड गरेको संवाद (च्चाट) अहिले सामाजिक सञ्जालमा छरपष्ट भएको छ । एउटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) खटाउनका लागि सातदेखि १० लाख माग गरेको च्याट नै बाहिरिएपछि उनी विवादमा तानिएका हुन ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता छन्,उनले पर्सा जिल्लाकै एक जना एमालेका नवप्रवेसी कार्यकर्तालाई आफ्नो सचिवालयमा राखेका छन्,गत श्रावण ९ गतेदेखि ।
यस अघि भएको स्थानीय तहको निर्वाचनमा पर्साको बहुदरमाई नगरपालिकाबाट एमालेबाट मेयर पदमा निर्वाचन लडेर जसपाका सिंगासन साह तेलीसँग पराजित भएका उनी पछि एमालेका मन्त्री राजकुमार गुप्ताका सचिवालयमा भित्रिएका हुन । उनै पटेलले पर्सा जिल्लाकै एक पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने नाममा सात देखि दश लाख रकम माग गरेको संवाद अहिले छरपष्ट भएको छ । उक्त संवादमा उनले पालिकाको प्रमुख प्रशासकीय अधिकृत पठाउनका लागि पालिकाका मेयरले स्वीकार गर्नुपर्ने र त्यसो भएमा मनत्रालयले प्रमुख प्रशासकीइ अधिकृत खटाउन सकिने जबाफ दिएका छन् ।

बिज्ञापन

कर्मचारी लैजान चाहने व्यक्तिले सहयोग राशी कति हो भनेर सोध्छन् जबाफमा पटेलले लेखेका छन्,रेट त हजुरले थाहा पाइसक्नुभएको छ नि । फेरि उक्त व्यक्तिले थाहा छैन भन्ने जबाफ फर्काए पछि मन्त्रीका उपस्वीकीयले सात देखि सात लाख डिमाण्ड गरेका छन् । ५ लाख पचास हजार सम्म मिलाउनका लागि आग्रह गरिए पनि सात लाख लिएर आफूलाई जानकारी गराउन पटेलले भनेका छन् ।

४ सेप्टेम्बरमा यसरी मोलमोलाई गरिएको संवाद अहिले सामाजिक सञ्जालमा छरपष्ट भएसँगै स्वकीय उपसचिव विवादमा तानिएका हुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यो प्रकरण बाहिरिएपछि मन्त्री गुप्ताले उपस्वकीय सचिव पटेललाई कार्यालयमा नआउन निर्देशन दिएका छन् । पटेल पछिल्ला चार दिनदेखि मन्त्रालयमा देखिएका छैनन् ।

बिज्ञापन

यो बिषयमा बुझ्नका लागि मन्त्री राजकुमार गुप्तासँग टेलिफोन सम्पर्क गर्दा उनको मोवाइल स्वीचड अफ गरिएको पाइयो । उनका प्रेस सल्लाहकार कृष्ण कुशवाहलाई यस बिषयमा जिज्ञासा राख्दा मन्त्रीका उप स्वीकय सचिवको ह्वाटस च्याट लिक भएको स्वीकारे । यद्यपि लिक भएको ह्वाटस सप च्याटमा पटेलको फोटो र नाम मात्र देखिएको,बार्गेनिङ गरिएको भनिएको पात्र,र पटेलको मोवाइल नम्बर समेत त्यहाँ नदेखिएका कारण उक्त लिक भएको च्याट शंकास्पद् रहेको जनाए ।

उनले यस्को सत्य तथ्य मन्त्रीज्यू आफैंले छानबिन गरिरहेको बताउँदै यदी प्रमाणीत भएको खण्डमा आजै साँझसम्ममा पटेललाई हटाइने जनाए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्री कार्यालयकै निर्देशन अवज्ञा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा शक्तिको खेल

१३ उपसचिवको सरुवा,संघबाट चारलाई पालिका,चारलाई घुमाइयो अन्तरपालिका

नापी कर्मचारीका नेतालाई सरकारले ‘डाँडा कटायो’

सुशीला-गौरीबहादुर कार्कीदेखि रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न सिफारिस

‘रवि लामिछाने जेलबाट भाग्नु फौजदारी अपराध,रवि र यी नेतामाथि अनुसन्धान गर्नु’:मानव अधिकार आयोग

विपद् प्राधिकरणमा कोइराला, राष्ट्रिय परिचयपत्र विभागमा पौडेल

सम्पत्ति छानबिन आयोगले थाल्यो काम :माग्यो कर्मचारी र पदाधिकारीको विवरण

२४०० कार्टुन लोड, ५९१ मात्रै बरामद : बाँकी भेप कहाँ गायब ?

बिशेष