प्रशासनका ८,शिक्षा -स्वास्थ्य समूहका ४ गरी १२ सहसचिवहरुको सरुवा

सरकारले १२ जना सहसचिवको सरुवा गरेको छ । सरुवा भएकामध्ये प्रशासन सेवाका ८,शिक्षा सेवाका २ र स्वास्थ्य सेवाका २ जना रहेका छन्
जसमा परराष्ट्र मन्त्रालयका सहसचिव नवराज ढकाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशमा कामकाजका लागि खटाएको छ भने संघीय मामिला तथा अतिरिक्त समूहमा परेका टंक प्रसाद पाण्डेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशमा खटाएको छ ।
यस्तै भ्रष्टाचार मुद्धा लागेर क्लिन चिट पाएका रितेश कुमार शाक्यलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाग्मतीमा खटाइएको छ भने गोदावरी नगरपालिकामा रहँदा भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परी हालैमात्र क्लिन चिट पाएका वीरेन्द्रदेव भारतीलाई पनि बाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएको छ ।
शिक्षा सेवा समूहका बसन्त कोइरालालाई शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानो ठिमीबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सूदुरपश्चिममा पठाइएको छ ।
भक्तपुर अस्पताल एघारौं तहमा कार्यरत सुमित्रा गौतमलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाग्मती प्रदेशमा खटाइएको छ । सरुवाको सूची अनुसार,शिक्षा सेवाका रुद्र अधिकारीलाई युवा तथा खेलकुद मन्त्रालयबाट मधेश प्रदेशमा खटाइँदा चिरञ्जिवी पौडेललाई लुम्बिनी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट उपराष्ट्रपतिको कार्यालयमा ल्याइएको छ ।

बिज्ञापन

बाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयमा कर्यारत एघारौं तहका प्रवीण श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिँदा दिपकराज कोइराला महिला बालबालिका मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमनको कार्यालयमा पुगेका छन् । राष्ट्रिय सुरक्षा परिषद्मा थन्काइएका चक्र बहादुर बूढा महिला मन्त्रालय पुगेका छन् ।
यस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयबाट बिष्णु शर्मा सामान्यको अतिरिक्त समूहमा लगिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भेप तस्कर बढ्दै, कसले ल्यायो करोडौँको भेप ?

राहदानी छपाइ : अधिकृतदेखि सहसचिवसम्म ११ कर्मचारीविरुद्ध मुद्धा चल्दा अख्तियारले राखेन आरजुको नाम

कुमारीमा कीर्ते काण्ड त कति कति

सफाइ पाएसँगै मन्त्रालयमा फर्किइन अतिरिक्त सचिव

सहसचिव,उपसचिवसहित १८ विरुद्ध भ्रष्टाचार मुद्धा

सात हजार थान भेप बरामद

अख्तियारलाई पाँच घण्टा होइन, चाहियो भने पाँच वर्ष राखेर प्रश्न सोध्छौं : प्रधानमन्त्री बालेन

भिआइपी जोडिएको ई पासपोर्ट : परराष्ट्रकै २ दर्जन कर्मचारी भ्रष्टाचारमा तानिँदै

बिशेष