बालेनको महानगरमा डेढ बर्षमै फेरिए चार प्रशासकीय अधिकृत ,सबै विवादमा

काठमाडौं महानगरपालिकाको मेयरमा वालेन्द्र साह आएसँगै चार जना प्रमुख प्रशासकीय अधिकृतहरु त्यहाँ पुगे । शुरुमा त्यहाँ कार्यरत लोकनाथ पौड्याल सरुवा गरेर वालेन साहले रोजेर लगेका थिए सहसचिव बसन्त अधिकारी ।

बिज्ञापन

२०७९ भदौ १७ गते काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेका थिए तर पाँच महिना पनि त्यहाँ टिकेनन् । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको कर्मचारी भर्ति गर्दा कार्यापालिकाको निर्णय किर्ते विवादमा मुछिएर उनी त्यहाँबाट लखेटिए । काठमाडौं महानगरपालिकाबाट मधेसी आयोग,गृह हुँदै अहिले प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरिरहेका छन ।

बिज्ञापन

बसन्तको सरुवा पछि काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्न पुगे प्रदीप परियार । परियार पनि सात महिना महानगरपालिकामा टिकेनन् । माघमा महानगरपालिका पुगेका उनी २७ भदौंको मन्त्रिपरिषद् बैठकले सञ्चार मन्त्रालय मातहत खटाएको थियो । परियार अहिले सूचना तथा प्रसारण विभागका महानिर्देशकको जिम्मेवारीमा छन् ।
उनको सरुवामा एक जना विादित ठेकेदार नै हाबी भएको थियो । काठमाडौं महानगरपालिकाले ठेक्का नं ०६–२७–०८०–८१ एनसीबीडब्ल्यू–केएमसीअन्तर्गत सामाखुशी करिडोरमा बसुन्धरादेखि म्हेपीसम्म ढल निर्माण कार्यको ठेक्का खोल्यो । तथ्य बंग्याएर समानान्तर निर्माण सेवाले ठेक्का प्रक्रियामा भाग लिएको भेटिएसँगै काठमाडौंका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले उक्त कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढााएका थिए ।

महानगरपालिकाले तीन वर्षका लागि समानान्तर निर्माण सेवालाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गर्‍यो । सोही बदलामा प्रदीप परियार महँगो मूल्य चुकाउन बाध्य भए । र, सात महिनामै लखेटिए । काठमाडौं महानगरपालिकाले समानान्तार निर्माण सेवालाई कारवाही प्रक्रिया अगाडि बढाएसँगै ऊ मुद्दा मामिलामा गयो । र, उल्टै सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रमुख प्रशासकीय अधिकृतसहित यो प्रक्रियामा जोडिएकाहरूलाई कारवाही गर्न सामान्यलाई पत्र लेख्यो । सामान्यलाई पत्र काटेको हप्ता दिन नबित्दै प्रदीप परियार सञ्चार मन्त्रालयमा सरुवा गरिएको हो ।
प्रदीपको सरुवा भए पछि त्यहाँ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोज गुरागाईलाई महानगरपालिकामा खटाइएको थियो भदौं २७ गते । तीन महिनामै उनीमाथि कारवाही प्रक्रिया अगाडि बढेको छ ।

बिज्ञापन

काठमाडौं टावर निर्माण गर्न नक्सा पासको स्वीकृती दिने क्रममा उनले बदमासी गरेको भेटिएसँगै गुरागाईमाथि कारवाही प्रक्रिया अगाडि बढाइएको महानगरले जनाएको छ । १२ तलाको भवन निर्माण गर्ने क्रममा १९ तलाको स्वीकृत दिएको र त्यसमा कुनै पनि प्रकृया गुरागाईले पुरा नगरेको कारण गुरागाईमाथी थप छानविन गरी कानून बमोजिम कार्वाही प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई सिफारिस गरेको छ ।

यसरी वालेनले नेतृत्व सम्हाले यता त्यहाँ पुगेका चार प्रमुख प्रशासकीय अधिकृत कोही पनि ६ महिनाभन्दा बढी समय टिक्न सकेको देखिदैन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।