दुई उपसचिव सहसचिव बढुवा सिफारिस,रिक्त अर्काे पदमा परेन आवेदन

थप दुई उपसचिवहरु सहसचिव तहका बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले इन्जिनियरिङ सेवाका २ जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

जसमा नेपाल इन्जिनियरिङ सेवा,सिभिल इन्जिनियरिङ समूह इरिगेसन उपसमूहबाट योगेन्द्र मिश्र, नेपाल इन्जिनियरिङ सेवा,इलेक्ट्रिकल इन्जिनियरिङ समूहका नूतन प्रकाश शर्मा बढुवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

उनीहरुलाई ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवाका लागि सिफारिस गरिएको जनाइएको छ ।

बिज्ञापन

यस अघि नेपाल आर्थिक योजना तथा तथ्यांक सेवाबाट ढुण्डीराज लामिछाने र इञ्जिनियरिङ सेवातर्फबाट राजकुमार गोइत र पुष्कर कुमार पोखरेल,नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह,हाइवे उपसमूहतर्फबाट रविन्द्रलाल दास,विल्डिङ एण्ड आर्किटेक्ट उपसमूहबाट प्रकाश अर्याल र रमेश थपलियालाई बढुवाका लागि सिफारिस भइसकेका छन् । यस्तै प्रशासन समूहबाट २१,परराष्ट्र सेवाका ५ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भइसकेका छन् ।
यता नेपाल इन्जिनियरिङ सेवा,माइनिङ इन्जिनियरिङ समूहतर्फ रिक्त पदमा आवेदन नै नपरेको कारण बढुवा सिफारिस नगरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नापी कर्मचारीका नेतालाई सरकारले ‘डाँडा कटायो’

सुशीला-गौरीबहादुर कार्कीदेखि रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न सिफारिस

‘रवि लामिछाने जेलबाट भाग्नु फौजदारी अपराध,रवि र यी नेतामाथि अनुसन्धान गर्नु’:मानव अधिकार आयोग

विपद् प्राधिकरणमा कोइराला, राष्ट्रिय परिचयपत्र विभागमा पौडेल

सम्पत्ति छानबिन आयोगले थाल्यो काम :माग्यो कर्मचारी र पदाधिकारीको विवरण

२४०० कार्टुन लोड, ५९१ मात्रै बरामद : बाँकी भेप कहाँ गायब ?

तीन विभाग रिक्त,शक्तिशाली दुई सहसचिव प्रदेशतिर

चार सहसचिवलाई खटाइयो स्थानीय तह,कान्छी सहसचिवको सामान्यमै पदस्थापन

बिशेष