३ करोड अवैद्य आर्जनमा डामिएका अधिकृतलाई विशेषबाट ‘क्लिन चिट’

३ करोड २१ लाख अवैद्य आर्जनमा डामिएका अधिकृतलाई विशेष अदालतले क्लिन चिट दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बर्ष चैत्र ८ गते काठमाडौं उपत्यका विकास प्राधिकरणका अधिकृत यामकुमार कार्कीविरुद्ध गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेषमा मुद्धा चलाएको थियो ।

बिज्ञापन

वाग्मती नगर जग्गा एकीकरण आयोजनाको कार्यालय बौद्ध तथा अतिरिक्त जिम्मेवारीका रुपमा कागेश्वरी, गोकर्णेश्वर तथा शङ्करापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौँ नयाँ सहरी विकास आयोजनामा कार्यरत शाखा अधिकृत कार्कीले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको भन्दै उनीविरुद्ध अख्तियारले विशेषमा मुद्धा चलाएको थियो ।

बिज्ञापन

आयोगका अनुसार, कार्की विसं २०५८ साउन १६ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए । आयोगले विसं २०७९ चैत ३० गतेसम्मको सम्पत्तिका बारेमा अनुसन्धानगर्दा उक्त अवधिमा कार्कीको कूल आम्दानी तीन करोड ७७ लाख १३ हजार छ सय ४६ बराबर छ । यस्तै सो अवधिमा शाखा अधिकृत कार्कीले छ करोड ९८ लाख ४६ हजार छ सय तीन बराबर खर्च गरेको पाइएको छ । आम्दानीभन्दा खर्चको मात्रा बढी भएको र त्यसको स्रोत खुलाउन नसकेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनका अनुसार आयोगले तीन करोड २१ लाख ३२ हजार नौ सय ५६ बराबरको रकमको स्रोत खुलाउन नसकेको ठहर गर्दै मुद्धा चलाएको थियो ।

अख्तियारले अधिकृत कार्कीको श्रीमती देवका अधिकारीको नाममा राखेको सम्पत्तिसमेत जफत गर्ने माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेकोमा १० महिना पछि उनलाई क्लिन चिट दिएको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले तीन करोड २१ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लागेका कार्कीलाई आरोपबाट सफाइ दिएको हो ।

बिज्ञापन

विशेष अदालतले उनीसँगै पत्नी देवका अधिकारी र छोरी गृष्मा कार्कीलाई पनि सफाइ दिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

बिशेष