कर्मचारीको उमेर हद तह अनुसार राख्न पूर्वमन्त्रीको प्रस्ताव

पूर्वमन्त्री तथा  नेकपा एमालेका सांसद योगेश भट्टराईले कर्मचारीको अवकाशको उमेर हद कर्मचारीको तहका आधारमा गर्न प्रस्ताव राखेका हुन ।

बिज्ञापन

आइतबारबाट प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा दफावार छलफल चलिरहेको संघीय निजामती सेवा विद्येयक उपरको छलफलको क्रममा उनले उपसचिव भन्दा माथिल्लो तहका कर्मचारीको उमेर हद ६५ बनाउनुपर्ने र उपसचिवभन्दा तल्ला तहका कर्मचारीको उमेर हद ६२ बर्ष गर्न प्रस्ताव गरेका हुन ।
अहिले निजामती कर्मचारीका उमेर हद ५८ बर्ष रहेको छ । यस्लाई २ बर्ष बढाएर ६० बनाउने बहस भइरहँदा उनले निजामतीको पद अनुसार उमेर हद बनाउन प्रस्ताव गरेका हुन ।
एक सयभन्दा बढी मुलुकमा मुलुकमा अवकाशको उमेर ६५ वर्ष रहेको उल्लेख गर्दै नेपालमा पनि अहिले सरदर आयु बढेको कारण उपसचिवमाथि सहसचिव र सचिवको ६५ वर्ष र उपसचिवभन्दा तलका पदमा ६२ वर्ष उमेर हद कायम गर्न प्रस्ताव राखेका हुन ।

बिज्ञापन

यस्तै भट्टराईले अवकाश लगतै कर्मचारीहरुले कुनै नियुक्ति गर्न नहुने बताए। अर्को निकायमा नियुक्तिमा लागि कम्तिमा दुई बर्षको कुलिङ पिरियड हुनुपर्ने प्रस्ताव गरेका हुन ।

यस्तै भट्टराईले निजामतीको स्लोगन नै परिवर्तन गर्न प्रस्ताव गरेका छन् उनले राजाको काम कहिले जाला घाम भन्ने भनाइ लाई परिवर्तन गरी आफ्नो काम सन्तोषजनक दाम,सेवामा हुने छैन कम स्लोगन बनाउनु पर्ने प्रस्ताव राखे ।

बिज्ञापन

संघीय निजामती सेवा विद्येयकमा १२४ जनाले संशोधन १५८३ वटा विषयमा संशोधन प्रस्ताव हालेका छन् । आइतबारदेखि संशोधनकर्ताहरुसँग छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

बिशेष