थपिए १०३ अधिकृत, अर्घाखाँचीको रेकर्ड ब्रेक

निजामती सेवामा खुला प्रतिस्पर्धाबाट छनोट गरिने निजामती सेवा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदमा अर्घाखाँचीको वर्चश्व देखिएको छ । आयोगले नेपाल प्रशासन सेवा,लेखा र राजश्व समूह तथा लेखापरीक्षण समूहका लागि लिइएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गर्दा यस पटक गुल्मी,स्याङ्जालाई पछि पार्दै अर्घाखाँचीका ६ जना अधिकृतका लागि नियुक्ति सिफारिस भएका छन् ।

बिज्ञापन

यस अघि निजामतीमा स्याङ्जा र गुल्मीकै वर्चश्व देखिदै आएकोमा शाखा अधिकृतको नतिजामा अर्घाखाँचीले गुल्मी र अर्घाखाँचीलाई पछि पारेको हो ।अर्घाखाँचीबाट बालकृष्ण आचार्य,प्रकाश गौतम,विवेक खनाल,जीवन आचार्य,झविन्द्र बेल्वासे,दधिराम अधिकारीहरु नियुक्तिका लागि सिफारिस भएका हुन ।

बिज्ञापन

यस्तै,स्याङ्जाबाट बसन्त ढकाल,दिपेन्द्र पौडेल,सृजना पौडेल,ढाकाराम लामिछाने,विवेक कुमार पोखरेल नियुक्तिका लागि सिफारिस भएका छन् । यता गुल्मीबाट जम्मा चार जनामात्र स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् श्याम केसी,रोशन बस्नेत,कृष्ण मरासिनी र मधु मैयानी रहेका छन् ।

यस अघि लोकसेवा पास गरेर निजामतीमा स्थायी जागिर खानेमा गुल्मीको बाहुल्यता रहेको देखिएको थियो । तर लोकसेवा आयोगले विज्ञापन नं १६६९५-०८०/ ८१ नेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा र राजश्व समूह तथा नेपाल लेखापरीक्षण सेवा, रा प तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदमा यस पटक अर्घाखाँचीका बढी उत्र्तीण भएका हुन ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

मध्यराति भागेर ज्यान जोगाए कर्मचारी र सुरक्षाकर्मी, तातोपानी भन्सारमा ३२ करोडको एक्सरे मेसिन पनि प्रभावित

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

महिना दिनमै अनलाइनबाट २३ सय आवेदन,३१९ को सरुवा

बिशेष