२ सचिव,७ सहसचिव,७८ उपसचिवसहित ३७५ कर्मचारीको सरुवा (सूचीसहित)

न्याय सेवा आयोगले एकै पटक ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ । आज बसेको परिषद्को बैठकले २ सचिव,७ सहसचिव, ७८ उपसचिव तहका र २८८ अधिकृत गरी ३७५ कर्मचारीको सरुवा गरेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा शुक्रबार बसेको आयोगको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठ नेपाल कानुन आयोगमा सरुवाका लागि सिफारिस गरेको छ भने कानुन आयोगका सचिव पाराश्वर ढुंगानालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाउन सिफारिस गरेको छ ।

बिज्ञापन

यस्तै बैठकले उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीलाई सर्वाेच्च अदालतको सह रजिष्ट्रारका रुपमा सरुवा गरेको छ भने उच्च अदालत तुल्सीपुरबाट खङ्गराज अधिकारीलाई उच्च अदालत पोखरा,उच्च अदालत पोखराका रजिष्ट्रार अच्युत कुँइकेललाई सर्वाेच्चमा ल्याइएको छ भने प्रशासकीय अदालतका रजिष्टर गजेन्द्रबहादुर सिंहलाई फैसला कार्यन्वयन निर्देशनालयको महानिर्देशकको जिम्मेवारी दिएर खटाइएको छ । उच्च अदालत तुल्सीपुर,नेपालगञ्ज इजलाशमा कार्यरत रामप्रसाद भट्टराई प्रशासकीय अदालत सिंहदरबार आइपुगेका छन् ।

बिज्ञापन

यस्तै गरी सर्वाेच्च अदालतका सहरजिष्ट्रार श्रीलाल पौडेललाई उच्च अदालत पाटनमा खटाइँदा फैसला कार्यन्वयन निर्देशनलायबाट सूर्यवंश शर्मालाई उच्च अदालत तुलसीपुरमा जिम्मेवारी दिएर खटाइएको छ ।

http://www.jcs.gov.np/uploads/notices/1732891837

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले थाल्यो काम :माग्यो कर्मचारी र पदाधिकारीको विवरण

२४०० कार्टुन लोड, ५९१ मात्रै बरामद : बाँकी भेप कहाँ गायब ?

तीन विभाग रिक्त,शक्तिशाली दुई सहसचिव प्रदेशतिर

चार सहसचिवलाई खटाइयो स्थानीय तह,कान्छी सहसचिवको सामान्यमै पदस्थापन

२९ सहसचिवहरूको सरुवा

ट्रेड युनियनका नेताहरूको सरुवा, को कता ?

कर्मचारी ट्रेड युनियनका २० नेतालाई खटाइयो इलाका प्रशासन

सिंहदरबारबाट ढल्यो पूरानो विचौलियाको सम्राज्य

बिशेष