प्रधानमन्त्रीसँग ८७ जना चीन जाँदै :- यी हुन शाखा अधिकृतदेखि मुख्यसचिवसम्मका सरकारी टोली

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ । हिजो साँझ बसेको क्याबिनेट बैठकले भ्रमण स्वीकृत गरेको हो । मङ्सिर १७ देखि २० गतेसम्म हुने भ्रमणमा ८७ जनाको टोली सहभागी हुने निश्चित भएको छ । ३९ जना सरकारी र ४८ जना निजी क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीसँग चीन जाने क्याबिनेटले टुंगो लगाएको हो ।

बिज्ञापन

प्रधानमन्त्रीको भ्रमण दलमा शाखा अधिकृतदेखि मुख्यसचिवसम्म रहेका छन् । यस्तै विपक्षी दलका प्रतिनिधि समेत सहभागी रहने भएका छन् । सरकारी टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा, सांसद अर्जुन नरसिंह केसी, श्याम कुमार घिमिरे, लिलानाथ श्रेष्ठ, बिजुला रायमाझी, रेखा शर्मा, वीरेन्द्र प्रसाद महतो, दीपक कार्की, सर्वेन्द्र नाथ शुक्ला, रञ्जिता श्रेष्ठ रहेका छन् ।
यस्तै मुख्यसचिव एकनारायण अर्याल, अर्थसचिव डा रामप्रसाद घिमिरे, कामु परराष्ट्र सचिव अमृत बहादुर राई, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली पनि भ्रमण दलमा रहेका छन् । मदन भन्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका उपाध्यक्ष सहप्राध्यापक पद्मसुन्दर जोशीलाई पनि प्रधानमन्त्रीको भ्रमण टोलीमा छन् ।

बिज्ञापन

प्रधानमन्त्रीका निजी चिकित्सक प्रा डा दिव्या सिंह शाह, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, उपसचिव मणिरत्न शर्मा, प्रधानमन्त्रीका स्वकीय उपसचिव उदय पोखरेल, परराष्ट्र मन्त्रीका स्वकीय उपसचिव कमल रावल,शिष्टाचार अधिकृत ऋचा भट्टराई, शाखा अधिकृत जानकी ओझा, सुजन लामीछाने, शिष्टाचार सहायक विनोद खनालको नाम पनि भ्रमण टोलीमा परेको छ । प्रधानमन्त्रीका निजी सहयोगी जयश्री शाक्य र परराष्ट्र मन्त्रीकी निजी सहयोगी अनिता सिंह पनि भ्रमण दलमा सहभागी हुने भएका छन् ।

निजी क्षेत्रका उद्योगी व्यवसायीहरुमध्ये उद्योग वाणिज्य महासंघका अध्यक्षबाहेक अरु सबै अर्कै उडानमा चीन जानेछन् । महासंघ अध्यक्ष चन्द्र ढकाल सरकारी अधिकारीहरुसँगै हिमालय एअरलाइन्सको चार्टर उडानमा सोमबार बिहान काठमाडौंबाट सोझै बेइजिङ जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैबिच भीआईपी र भीभीआईपीहरु विदेश जाँदा विमानस्थलमा लावालस्कर नलाग्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । भीभीआईपी र भीआइपीलाई स्वागत र बिदाइ गर्दा कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्री, मुख्यसचिवसहित १४ जना मात्र एयरपोर्ट गए हुने प्रधानमन्त्रीले बताएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।