सिंगासनको शासन,चार महिनादेखि कर्मचारी तलबबिहीन

नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अधिकार नदिँदा कर्मचारीहरु तलबबिहीन अवस्थामा काम गर्नु परेको छ ।यस्तो स्थिति रहेको हो,पर्साको बहुदरमाई नगरपालिकामा ।
स्थानीय तहले असार १० गतेभित्रै पालिकाको नगरसभाबाट आगामी आवको नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने व्यवस्था भए पनि समयमा नीति तथा कार्यक्रम ल्याएर बजेट पारित गर्न नसकेको उक्त स्थानीय तहले गत कात्तिक ८ गते नगरसभाबाट पालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो ।
चार महिना ढिलो गरी पालिकाले नीति तथा कार्यक्रम र बजेट त ल्यायो तर खर्च गर्ने अख्तियारी नदिँदा कर्मचारीहरु तलबविहिन अबस्थामा काम गर्न बाध्य छन् ।

बिज्ञापन

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७३ अनुसार नगरसभाबाट बजेट स्वीकृत भएको सात दिनभित्र प्रमुख वा अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई बजेटको खर्च गर्ने अख्तियारी दिनुपर्ने व्यवस्था छ । तर बजेट स्वीकृत भएको महिना दिन पूरा हुँदा समेत बजेट खर्चको अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई नदिइदा त्यहाँका कर्मचारी तथा जनप्रतिनिधिले साउन महिनादेखि तलबभत्ताका अलवा किास निर्माणदेखि सुत्केरीभत्ता, दीर्घरोगीले पाउने सुविधा र विद्यार्थीले पाउने छात्रवृत्तिदेखि दैनिक खाजा खर्च समेत रोकिन पुगेको छ ।

बिज्ञापन

बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेलीले पालिकाको प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाले नगरप्रमुखले नगरसभाबाट पारित भएको बजेटको अख्तियारी नदिँदा नगरपालिका तथा सम्पूर्ण वडा कार्यालयमा कार्यरत कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक कर्मचारी, स्वास्थ्य निकायका कर्मचारीले २०८१ साउनदेखि तलबभत्ता पाएका छैनन् ।

विद्यार्थीले छात्रवृत्ति, दैनिक खाजा खर्च,सुत्केरी भत्ता सबै रोकिएको छ । पालिकामा रहेका कर्मचारी, जनप्रतिनिधि सामुदायिक विद्यालयका शिक्षक गरी झण्डै एक सयभन्दा धेरै कर्मचारी तथा जनप्रतिनिधिले साउनदेखि कात्तिकसम्मको कुनै पनि तलबभत्ता, दशैँ खर्चलगायत सुविधा नपाएको बताएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

बिशेष