यस्ता छन सचिव बैठकका एक दर्जन निर्णयहरु

मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा मंगलवार बसेको सचिवस्तरीय बैठकले हरेक मन्त्रालयमा कर्मचारी दरबन्दी र कार्यरत कर्मचारी संख्याको अद्यावधिक विवरण तयार गर्ने लगायतका ११ निर्णय गरेको छ ।

बिज्ञापन

आजको बैठकले सबै मन्त्रालयलाई कर्मचारी दरबन्दी र कार्यरत कर्मचारीको अद्यावधिक विवरण तयार गर्न निर्देशन दिएको छ। कार्यालयबाट सरुवा भएका कर्मचारीलाई सात दिनभित्र रमाना दिने व्यवस्था सुनिश्चित गर्न, र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले कर्मचारीको तलब भत्तासम्बन्धी विवरण तयार गर्ने निर्णय पनि गरिएको जनाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिले पद दर्ताभन्दा बढी नासुहरू कार्यरत रहेको दाबी गरेपछि कर्मचारी दरबन्दी र कार्यरत कर्मचारी संख्या यकिन गर्न लागिएको हो ।

बिज्ञापन

यस्तै,​​सरकारी कामकाज बाहेकका अन्य व्यक्तिगत प्रयोजनका लागि कूटनीतिक राहदानी प्रयोग नगर्न निर्देशन दिइएको छ । सम्बन्धित मन्त्रालय वा निकायको कार्यक्षेत्रमा उपयोगी हुने विषयमा मात्र नेपाल सरकारलाई थप आर्थिक भार नपर्ने गरी औचित्य खुलाई वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्न समेत उक्त बैठकबाट निर्देशन दिइएको छ ।

यस्तै मुख्यसचिवको अध्यक्षतामा गत कात्तिक २१ गते बसेको सहकारी संस्था वचत रकम दुरुपयोगसम्बन्धी निर्णय र कात्तिक २३ मा बसेको राजस्व चुहावट नियन्त्रणसम्बन्धी बैठकको निर्णय शीघ्र कार्यान्वयनमा ल्याउने समेत निर्णय भएको हो ।

बिज्ञापन

त्यसैगरी प्रयोग गर्न सक्ने जनशक्ति र आवश्यक पूर्वाधार तथा औचित्यबिना कुनै पनि सार्वजनिक निकायले मेसिन र उपकरण खरिद नगर्न समेत निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२४०० कार्टुन लोड, ५९१ मात्रै बरामद : बाँकी भेप कहाँ गायब ?

तीन विभाग रिक्त,शक्तिशाली दुई सहसचिव प्रदेशतिर

चार सहसचिवलाई खटाइयो स्थानीय तह,कान्छी सहसचिवको सामान्यमै पदस्थापन

२९ सहसचिवहरूको सरुवा

ट्रेड युनियनका नेताहरूको सरुवा, को कता ?

कर्मचारी ट्रेड युनियनका २० नेतालाई खटाइयो इलाका प्रशासन

सिंहदरबारबाट ढल्यो पूरानो विचौलियाको सम्राज्य

सिंहदरबारमै सचिव–बिचौलिया भनाभन,विवाद उत्कर्षमा पुगेपछि प्रहरीको फन्दामा परे शाही

बिशेष