विकलको विकल्प खोज्दै सरकार,दरखास्त बुझाउन १० दिने म्याद

 

बिज्ञापन

सरकारले सुरक्षण मुद्रण केन्द्रमा कार्यकारी निर्देशक नियुक्त प्रक्रिया अगाडि बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर उक्त पदमा दरखास्त आह्वान गरेको हो ।

बिज्ञापन

सुरक्षण मुद्रणसम्बन्धी ऐन, २०८१ को दफा १९ बमोजिम योग्यता पुगेका इच्छुकलाई आवेदन पेश गर्न भनिएको छ । दरखास्त दिने म्याद १० दिन तोकिएको छ ।

मन्त्रालयका अनुसार उम्मेदवारको उमेर कम्तीमा ३० वर्ष पूरा भएको, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, सूचना प्रविधि वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने छ ।

बिज्ञापन

त्यस्तै, व्यवस्थापकीय तहमा कम्तीमा पाँच वर्षको कार्यअनुभवसहित सरकारी तथा सार्वजनिक संस्थाको सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त नभएको, फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको, कुनै विदेशी राष्ट्रको स्थायी आवासीय अनुमतिपत्र वा नागरिकता नलिएको र कानूनबमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल लगायत विरुद्ध सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परेका थिए । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले गत जेठमा उनलाई २ वर्ष कैद र २५ करोड ४७ लाख बिगो भराउने फैसला गरेको हो । विशेष अदालतले बिगो बराबर नै जरिवाना हुने फैसला सुनाए सँगै अहिले उनी डिल्लीबजार कारागारमा सजाय काटिरहेका छन् ।

यस्का अलवा विकलमाथि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा साढे ९ करोड बढी भ्रष्टाचार गरेको र झूठा विवरण पेश गरी सरकारी नियुक्ति लिएको मुद्दामा दोषी ठहरिएका उनीविरुद्ध थप दुईवटा मुद्दा विचाराधीन छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तीन विभाग रिक्त,शक्तिशाली दुई सहसचिव प्रदेशतिर

चार सहसचिवलाई खटाइयो स्थानीय तह,कान्छी सहसचिवको सामान्यमै पदस्थापन

२९ सहसचिवहरूको सरुवा

ट्रेड युनियनका नेताहरूको सरुवा, को कता ?

कर्मचारी ट्रेड युनियनका २० नेतालाई खटाइयो इलाका प्रशासन

सिंहदरबारबाट ढल्यो पूरानो विचौलियाको सम्राज्य

सिंहदरबारमै सचिव–बिचौलिया भनाभन,विवाद उत्कर्षमा पुगेपछि प्रहरीको फन्दामा परे शाही

माओवादी सत्ताका प्रिय गिरी वालेन सरकारको रोजाईमा

बिशेष