कोटेश्वर कर कार्यालयको अनुकरणीय काम :-पहिलो सेवाग्राहीलाई टीका र मालाद्धारा सम्मान

सरकारी कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीहरु कर्मचारीको व्यवहारका कारण हैरानी खेपिरहेको अनेकन गुनासो सुनिन्छ । तर केही यस्ता कार्यालय पनि छन्,जहाँ सेवा लिन पुगेका कर्मचारीलाई खादा र मालासहित सम्मान गरिएको छ । यस्तो अनुकरणीय काम गरेको छ,कोटेश्वर कर कार्यालयले ।

बिज्ञापन

उक्त कार्यालयले सेवा लिन पुगेका सेवाग्राहीलाई टीका र मालासहित सम्मान गरेको हो । सरकारले हरेक बर्ष १ देखि ७ मंसिरसम्म राष्ट्रिय कर दिवस मनाउँदै आएको छ ।यस बर्ष कर प्रणालीको सार, लगानीको आधार भन्ने नाराका साथ १३ ‌औं राष्ट्रिय कर दिवश सप्ताह व्यापी विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाईदैछ । सोही अवसरमा कोटेश्वर कर कार्यालयले पहिलो सेवाग्राहीलाई खादा र मलासहित सम्मान गरेको हो ।

बिज्ञापन

कोटेश्वरले राष्ट्रिय कर सप्ताहको पहिलो सेवाग्राहीलाई सम्मान गरेको हो ।  कार्यालयको पहिलो सेवाग्राहीको रुपमा रुपमा व्यवसायिक स्थायी लेखा नम्वर लिन आउने सेवाग्राही अभिषेक फुँयालालाई टिका र खादा लगाई प्रमुख कर अधिकृत गगन बहादुर वि के ले दर्ता प्रमाणपत्र हस्तान्तरण गरेका हुन ।

 

बिज्ञापन

मंसिर १ गते देखी ७ गते सम्म सप्ताह व्यापी करदाता सुचना केन्द्र सञ्चालन गर्ने, कार्यक्षेत्र अन्तर्गतका कलेजमा कर सम्बन्धी अनुशिक्षण सञ्चालन गर्ने लगायतका विभिन्नका सचेतनामुलक र सहभागिता मुलक कार्यक्रमहरु आयोजना गरि मनाईने प्रमुख कर अधिकृत गगन बहादुर वि के ले जनाएका छन् ।

अहिलेको कर प्रशासन करदाता मैत्री रहकोले करदाताहरूमा कर प्रशासनप्रतिको धारणामा परिवर्तन आएको र यसैलाई मूर्तरूप दिन र अरू करदातालाई पनि स्वयं कर सहभागितामा सहभागी गराउने, प्रोत्साहान दिने उद्देश्यले बढी कर तिर्ने र इमानदार करदातालाई पुरस्कृत गर्ने र सम्मान गर्ने गरेको समेत जनाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष