बुझबुझारथमा सरकारी कर्मचारीको जालझेल:-नयाँ सामान लिने, पत्रु बुझाउने

सरकारी कर्मचारीहरुले कार्यालयको सामानलाई आफ्नै पेवाजस्तो ठान्न थालेपछि अख्तियारले त्यसमा कडाइ गरेको छ ।

बिज्ञापन

कार्यालय प्रयोग प्रायोजनका लागि दिइएका सामान आफ्नै श्रीमती तथा छोरा छोरी र साला सालीका नाममा खोलिएको कार्यालयमा प्रयोग गर्ने, रमनाा भएर हिड्दा समेत सामान नबुझाउने,बुझाउनै परे सरकारी कार्यालयबाट नयाँ सामान लिएर पूरानो र विग्रिएको सामाग्रीमात्र सरकारी कार्यालयमा बुझाउने रोग बढ्दै गएको छ ।

बिज्ञापन

एक जना अधिकृत शहरी मन्त्रालय मातहत कार्यरत रहँदा सरकारी कामको प्रायोजनका लागि दिएको सेतो नम्बर प्लेटको मोटरसाइकल नै सालोलाई चढ्न दिए । त्यतिमात्र होइन कार्यालयबाट लिएको नयाँ र ब्राण्डेड ल्यापटप समेत आफ्नै श्रीमतीको नाममा खोलिएको कार्यालयमा राखेर रमाना हुँदा ज्वाईको कार्यालयमा प्रयोग नभई पत्रु अबस्थामा रहेको ल्यापटप दिएर उक्त नयाँ ल्यापटपलाई आफ्नो बनाए ।

यस्ता विकृतीहरु धेरै छन्,सरकारी कार्यालय र कर्मचारीका । यी र यस्तै विकृतीमा लगाम लगाउन खोजेको छ अख्तियारले । अख्तियारले सरकारी निकायमा कार्यरत कर्मचारीहरुले सरुवा हुनु अघि आफूले गरेको कामको सबै विवरण बुझाउनु पर्ने भएको छ । आयोग तथा मन्त्रिपरिषद कार्यालयले सबै सरकारी अड्डामा पत्राचार गर्दै कर्मचारीहरुले रमाना लिनु अघि नै सबै विवरण बुझाउनु पर्ने उल्लेख गरेको हो ।

बिज्ञापन

 

सरुवा हुने कर्मचारीहरुको भागमा परेको कामकारवाही सम्बन्धी कागजात तथा जिन्सी सामग्रीहरु उक्त निकायबाट सरुवा हुनु अगावै बरबुझारथ गर्नुपर्ने व्यवस्था छ । कर्मचारीले उक्त बरबुझारथ नै नगरी रमाना लिई सरुवा भई जाने गरेको प्रवृत्ति देखिएकोले आयोग आक्रोशित बनेको हो ।

सो निर्णय अनुसार आयोगले कार्यविधि २०७८ को दफा २५ को खण्ड (ख) को उपखण्ड (१) को प्रयोजनार्थ सुझाव प्रदान गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष