पूर्व प्रशासकहरुलाई कहाँ कहाँ छ नियुक्तिको अवसर ?

पछिल्लो समय पहुँचका आधारमा प्रशासकहरुले धमाधम राजनीतिक नियुक्ति खान थालेका छन् । हालैमात्र पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूत खाएका छन् भने चन्द्र घिमिरेलाई अमेरिकाको राजदूत नियुक्ति भएका छन् । विवादै विवादमा मुछिएका डा रमेश सिंहलाई राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त गरेको छ । धेरै भएको छैन,बहालवाला सचिव तोयम रायालाई राजीनामा दिन लगाएर केन्द्रीय तथ्यांक विभागबाट महालेखा परीक्षकको जिम्मेवारी दिएको ।

बिज्ञापन

५८ बर्षे वा ६० बर्षे उमेरहद लागेर घर फर्किन लागेका प्रशासकहरुले जागिर अवधि बाँकी रहँदै पदबाट राजीनामा दिएर राजनीतिक नियुक्ति भेट्न थालेका छन् । यो भीडमा लोकसेवा अध्यक्ष माधव रेग्मी,माधव बेल्वासे,वीर बहादुर राईहरुको नाम आउँछ ।अहिले अधिकांश आयोग,निकायमा नियुक्ति भेटेकाहरुमा पूर्व सचिव,सह सचिवकै बाहुल्यता छ । तीमध्ये अधिकांश ६० बर्ष नाघेकाहरुकै बोलबोला छ । पछिल्लो समय संवैद्यानिक निकायहरु बृद्धाश्रमजस्तै बनेका छन् ।

बिज्ञापन

गृहसचिवबाट अवकास पाएका प्रेम कुमार राई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कमाण्ड गरिरहेका छन् । जागिर अवधि बाँकी रहँदै त्यहाँ राष्ट्रपतिको कार्यलयबाट डा हरि पौडेलले उसैगरी नियुक्ति भेटे ।गण्डकी प्रदेशमा कार्यरत बिष्णु नेपालले अवकाशकै भोलीपल्टै गण्डकी प्रदेश लोकसेवा आयोगका अध्यक्ष खाए । बाग्मती प्रदेश लोकसेवा आयोगले झण्डै आठ महिना पछि उसैगरी नियुक्ति पायो । अघिल्लो दिन अवकाश पाएका महेश्वर श्रेष्ठले ।

यसै गरी केही सरकारी आयोग,वोर्ड,संस्थानहरुमा अवकाश प्राप्त कर्मचारीले जागिरको अवसर पाउँदैछन् । जसमा सबैभन्दा चासो र चर्चामा छ,नेपाल धितोपत्र वोर्ड । झण्डै दश महिनादेखि वोर्ड अध्यक्ष विहिन छ,त्यहाँ जानका लागि १९ जनाले आवेदन हालेका भए पनि बार्डकै कार्यकारी निर्देशकद्धय डा नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्जका सीईओ कृष्ण बहादुर कार्की, बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष चिरञ्जीवी चापागाईँ र सन्तोष नारायण श्रेष्ठ टप पाँचमा छनौंट भएका छन् । मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठले अन्तरवार्ता दिएका भए पनि डा अधिकारी, कार्की र चापागाईँले अन्तरवार्ता बहिष्कार गरेसँगै उनीहरुलाई यही मंसिर ९ मा अन्र्तवार्ताका लागि बोलाइएको छ ।

बिज्ञापन

यस्तै अबको तीन महिना पछि नै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल घर फर्कदैछन् । उनी १९ माघमा घर फर्कदै छन् । सो को दुई महिना पछि गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल यहि चैत २५ देखि घर जाँदैछन् । यस्तै नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी प्रमुख कृष्ण बहादुर कार्कीको पनि कार्यकाल यहि माघको दोस्रो साता सकिदैछ।

यस्ता आयोगका जागिर खानका लागि पूर्व प्रशासकहरुको खुबै जोडबल हुने गरेको देखिन्छ । जस्तो हालैमात्र पदपूर्ति गरिएको राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त खानका लागि राममाया कुँवर,हरि प्रसाद भट्टराई,त्यही बसेर अवकाश पाएका होम प्रसाद लुइँटेल,पूर्व सचिव डा दामोदर रेग्मीदेखि रामप्रसाद थपलिया,महेश्वर काफ्ले लगायतले चासो राखेका थिए ।

यस्तै प्रदीपराज कँडेल, हरिप्रसाद बस्याल, हरि प्रसाद भट्टराई, हिरामणि शर्माहरुले समेत आवेदन दिएका थिए ।

हालैमात्र सरकारले सत्यनिरुपपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगका प्रमुख आयुत्त र आयुत्तका लागि दरखास्त आह्वान गरेको छ । यी निकायहरु लामो समयदेखि अध्यक्ष र सदस्य विहिन छन् । यस्का अलवा नेपाल बिद्युत प्राधिकरण, मुस्लिम आयोग लगायतका अरु निकायमा समेत केही पद रिक्त छन् । त्यहाँ उसैगरी पूर्व प्रशासकहरुले नियुक्ति पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।