मानव तस्करीमा मुछिएका सांसद एमालेबाट निलम्बित

मानव तस्करको आरोप लागेका नेकपा एमालेका निर्वतमान मन्त्री पार्टीको संगठित सदस्यबाट निलम्बित भएका छन् । मानव तस्करी मुद्दामा जोडिएका कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेशसभा सदस्य लीलावल्लभ अधिकारीलाई पार्टीबाट निलम्बन गरेको छ । शनिबार च्यासलमा बसेको सचिवालय बैठकबाट हालका निम्ति उनलाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय सदर गरेको हो ।

बिज्ञापन

मानव तस्करीमा जोडिएपछि उनले अस्तिमात्र मन्त्री पदबाट राजीनामा दिएका थिए । उनी एक कार्यक्रममा सहभागी हुन यही कात्तिक १३ गते जापान गएका थिए । उनको भ्रमण दलमा नक्कली कर्मचारी बनाएर ती व्यक्तिसँग १० देखि १३ लाख उठाइएको खुलेको छ । यसरी रकम उठाइएकामा खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा रहेका छन् ।

बिज्ञापन

कीर्ते कागजात बनाउन सघाउनेमा धादिङका ३४ वर्षीय महेश पाण्डे, दोलखाका वीरबहादुर सुनार र नुवाकोटका जुगल रिजाल समेत जोडिएका छन् । नक्कली कागजात बनाएर मन्त्रीसँगै अन्य मान्छेलाई जापान लैजान योगराज भनिने गोपाल गौतमले भूमिका खेलेको खुलेको छ । गौतम सांसद अधिकारीकै निर्वाचन क्षेत्रका हुन् । उनी सिंहदरबारमा सरसफाई मजदुर सप्लायर्सको काम गर्दै आएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संघीय निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीको प्रयासप्रति कर्मचारी संगठनहरुको आपत्ति

सुधारका फाइल थन्किँदा वैदेशिक रोजगार क्षेत्र अस्तव्यस्त : सचिव काफ्ले आलोचनामा

उत्कृष्टको सम्मान पाएका प्रहरी घुससहित पक्राउ

नैतिकता र डिजिटल अस्तित्वको द्वन्द्व   

सिष्टम होइन अनुहार हेरेर सहसचिवको सरुवा

बालेन सरकारसँग डराएनन् कर्मचारी : महिना दिनमै १० रंगेहात पक्राउ

संघीय निजामती सेवा विधेयकमा कम्प्यूटर अपरेटरहरूको बढुवा व्यवस्था यथावत राख्न माग

यी हुन लामो समयदेखि सिंहदरबार नछाड्ने शाखा अधिकृत,उपसचिव र सहसचिवहरु

बिशेष