प्रस्तावित न्यायाधीशमा पाण्डे र निरौलाको नाम अनुमोदित

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी न्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

सुनुवाइ समितिले गत असोज १५ गते सूचना प्रकाशन गरेर दुई प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो। दुई न्यायाधीशमध्ये निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेका थियो । निरौलाविरूद्ध एउटा उजुरीमा सर्वोच्च अदालतको भवन निर्माणमा तत्कालीन प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणासँग मिलेर अनियमितता गरेको विषयमा थियो भने अर्कोचाहिँ उनी योग्यता नपुगिकन न्यायाधीशमा सिफारिस भएको बिषय थियो । उजुरीकर्ताले निरौला मुख्य रजिस्ट्रार हुँदा तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्रसँग मिलेर सर्वोच्च अदालत र अन्य अदालतका भवन निर्माणमा समेत हस्तक्षेप गरी आफू अनुकूलका ठेक्कापट्टा मार्फत भ्रष्टाचार गरेको जिकिर उजुरीमा गरेका छन् ।

बिज्ञापन

निरौलाविरुद्ध सर्वोच्च अदालतको भवन निर्माण प्रक्रियामा कमिसन लिएको, सर्वोच्च अदालतका लागि गाडी खरिद तथा भक्तपुर जिल्ला अदालतको भवन निर्माणमा अनियमितता गरेको उजुरी परेको थियो।  सुनुवाइका क्रममा सांसदहरूले ती उजुरी सहित न्यायालय सुधार, सुशासन, मुद्दा फैसलामा ढिलाइ लगायत बारे प्रश्न गरेका थिए ।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। सर्वाेच्च अदालतका न्यायधीशमा अनुमोदित भएका निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन् भने पाण्डेय उच्च अदालत दाङ तुलसीपुर इजलासका मुख्य न्यायाधीश हुन्।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

बिशेष