आठ कार्यकर्तालाई राजनीतिक नियुक्ति,पटक पटक निर्वाचन हारेका रिजाललाई आयोगको अध्यक्ष

सरकारले भूमि समस्या समाधान आयोग गठन गर्ने निर्णय गरेको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्यूठानका हरिप्रसाद रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरिएको हो । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको छ । भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ को दफा ३ को उपदफा ९१० को खण्ड (क), (ख) र खण्ड (ग) बमोजिम भूमि समस्या समाधान आयोग गठन गरिएको हो ।

बिज्ञापन

गएको प्रदेशसभा निर्वाचनमा प्युठानबाट कांग्रेस नेता रोज राणासँग पराजित नवनियुक्त अध्यक्ष रिजाल एमाले महासचिव शंकर पोखरेलको विश्वासपात्र हुन । उनी एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा पनि एमाले उपाध्यक्ष विष्णु पौडेलनिकट राधाकृष्ण कंडेलसँग अध्यक्ष पदमा पराजित भएका थिए ।

बिज्ञापन

आम निर्वाचन र पार्टीको आन्तरिक निर्वाचनमा पटकपटक पराजित नेतालाई प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव पोखरेलले आकर्षक नियुक्ति दिएको भन्दै एमालेभित्र पौडेल समूह असन्तुष्ट बनेको छ।
यस्तै,आयोगको उपाध्यक्षमा जाजरकोटका सनतकुमार कार्की, विज्ञ सदस्यमा एमालेबाट सिन्धुपाल्चोकका जगत बस्नेत, कांग्रेसबाट कैलालीका टेकबहादुर शाह छन् ।

यस्तै सदस्यहरूमा दार्चुलाका गोवर्द्धन कोली, महोत्तरीका गुरजबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाईं, तनहुँका आरती भण्डारी छन् । भूमि समस्या समाधान आयोगका अध्यक्ष, उपाध्यक्ष र सदस्यहरूलाई पारिश्रमिक र अन्य सुविधा दिने निर्णय पनि मन्त्रिपरिषद्‌बाट भएको छ । तीन वर्षको कार्यकाल रहने गरी ८ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरिएको हो ।

बिज्ञापन

यस्तै सरकारले विद्युत्‌ महसुल बक्यौता समस्या समाधानका लागि पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।

डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता विषयमा सरकार र नेपाल विद्युत्‌ प्राधिकरणबीच मतभेद भइरहेका बेला मंगलबारको मन्त्रिपरिषद्‌ बैठकले आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

बिशेष