रसुवा अध्यागमन पूर्ण डिजिटल,अब चीन छिर्न विद्युतीय अनुमति पत्र

अध्यागमन विभागले विद्युतीय प्रवेश अनुमति पत्रको शुरूवात गरेको छ । रसुवा जिल्लाको रसुवावढी नाकाबाट नेपाली नागरिकहरुलाई छिमेकी मुलुक चीन आवतजावत गर्न विद्युतीय अनुमति पत्र (प्रवेश पास) लाई अनलाईन प्रणाली मार्फत उपलब्ध गराउने कार्यको सुरुवात गरेको हो। चीनसँग सिमाना जोडिएका जिल्लाका नागरिकहरुलाई चीनतर्फ निश्चित भूभागसम्म निर्वादरुपमा आवतजवत गर्न दिने सम्बन्धमा नेपाल सरकार र चीनविच भएको दुईपक्षीय सम्झौता बमोजिम अध्यागमन कार्यालय र जिल्ला प्रशासन कार्यालयहरुले हस्तलिखित पास जारी गर्दै आईरहेका थियो ।

बिज्ञापन

प्रवेश पासमा एकरुपता कायम गर्न हस्तलिखित पासको सट्टामा अनलाइन प्रणालीमा आधारित पासको विकास गरिएको हो । सो अनुसार रसुवा जिल्लाको टिमुरेमा यो कार्यक्रम सुरुवात गरिएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकाल जनाए । उनका अनुसार अनईन प्रणालिमा आधारित पास अनुमति पत्र साम्बा दोर्जे तामाङ्लाई प्रदान गरि प्रणालिको सुरुवात गरिएको छ ।

बिज्ञापन

हस्तलिखित पास जारी गर्दा विभिन्न जिल्लाबाट जारि गर्ने पासमा एकरुपता कायम हुन नसकेको, दोहोरो पास जारी हुन सक्ने, नक्कली पास जारी हुने सम्भावना रहेको र प्रत्येक वर्ष पास नविकरण गर्नु पर्ने हुँदा यो प्रक्रिया झन्झटिलो रहेको थियो । टिमुरे नाकाबाट हालसम्म् १८ हजार भन्दा बढी पास जारि गरिएको छ । यो बिधुतिय प्रणालीमा आधारित पास जारी भएपछि समयको बचत हुने, अभिलेख सुरक्षीत रहने र सेवाग्राहीले व्यहोर्नुपर्ने अनावश्यक झन्झट समाधान हुने अपेक्षा गरिएको छ । यसरी जारीहुने विधुतिय अनुमति पत्रको म्याद ५ वर्षको राखिएको छ ।

यसका साथै पासमा सेक्युरिटी फिचरको समेत व्यवस्था गरिएको छ । कार्डमा भएको क्वु आर स्कयान गरि पास प्राप्त गर्ने व्यक्तिको विवरण जाँच गर्ने प्रबन्ध गरिएको छ । डिजिटल नेपाल बनाउने नेपाल सरकारको योजनाअन्तर्गत अध्यागमन सम्बन्धी अधिकाश सेवाहरू डिजिटलाइज्ड भईसकेका छन् ।

बिज्ञापन

सरकारले साउन १ गतेदेखि लागू हुने गरी चीन आवागमन अनुमति पत्र (प्रवेश पास) उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८१ लागू गरेको थियो । जसअनुसार चीनसँग सिमाना जोडिएका १५ जिल्ला ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपलाञ्चोक, रसुवा, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, बझाङ र दार्चुलाका सेवाग्राहीले विद्युतीय अनुमति पत्र लिन पाउने व्यवस्था गरिएको थियो ।

त्यसको लागि कार्यविधिको दफा ५ अनुसार अध्यागमन विभागका शाखाहरु सिन्धुपाल्चोकको तातोपानी, रसुवाको टिमुरे र हुम्लाको हिल्सामा सेवाग्राहीले अनुमति पास सिधै बनाउन पाउने व्यवस्था छ । बाँकी अध्यागमन नभएको विभागमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति पास लिन पाउने प्रावधान छ ।सोही प्रावधान अनुसार चीनसँग सीमा जोडिएको रसुवा जिल्लाको टिमुरे नाकामा विद्युतीय पास लागू गरिएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

बिशेष