दशैंको मुखमा नीतिगत चलखेल, विवादमा मुछिए उद्योग मन्त्री- सचिव

हालैमात्र उद्योगमन्त्री दामोदर भण्डारीले वाणिज्य सचिव मधुसुदन बुर्लाकोटीलाई महिना दिनमै त्यहाँबाट सरुवा गरेर तथ्यांक कार्यालयमा पुर्याए । र,सचिवमा उक्लिएर साता दिन मात्र बाग्मती प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा रहेका गोविन्दबहादुर कार्कीलाई मन्त्रालयमा ताने । महिना दिनमै बुर्लाकोटीको सरुवाको पछि चिनी उद्योगी,मरिच केराउवाला व्यवसायीको ठूलो हात रहेको चर्चा र टिप्पणी हुँदै आएको थियो । नभन्दै उनी सरुवा भए लगतै उद्योग मन्त्रालयले सुपारी,मरिच लगायतको आयात खुला गरेको छ । चार बर्षदेखि प्रतिवन्ध लाग्दै आएको सुपारी,मरिच आयात अहिले खुला गरिएको हो ।

बिज्ञापन

दशैंको मुखमा सीमित व्यापारीलाई मालामाल हुने गरी आयात खुलाइएसँगै मन्त्री भण्डारी र सचिव कार्की विवादमा तानिएका हुन । दशैंको मुखमा सीमित व्यापारीहरुलाई पोस्ने गरी गरी सुपारी, केराउ र मरिचको आयात खोल्न दिने निर्णय गरेको हो । यो निर्णय राजपत्रमा समेत प्रकाशित भइसकेको छ । सूचना राजपत्रमा प्रकाशन गरेसँगै कार्यान्वयनमा गएको छ ।गत असोज ९ गते राजपत्रमा सूचना प्रकाशन गरेर सुपारी आयात खुला गरिएको हो । राजपत्रमा प्रकाशित सूचनामा औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिच आयात खुला गरेको जनाइएको छ । उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक कच्चापदार्थ सुपारी, केराउ र मरिच पैठारी व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि २०७८ का प्रक्रिया पूरा गरी आयात गर्न पाउने गरी आयात खुला गरेको प्रकाशित सूचनामा जनाइएको छ । निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ अनुसार यस्ता वस्तु पैठारीमा बन्देज लगाएको छ । यस्तो बन्देज चैत २०७६ मा लगाइएको थियो ।

बिज्ञापन

तर फेरि पछि सरकारले सुपारी तस्करहरुको दबाबमा परिमाणात्मक रुपमा खुला गर्ने निर्णय गरेको थियो । त्यसमा ट्रेडिङ र उद्योग दुबैलाई कोटा वितरण गरेको थियो । सरकारले केही सीमित व्यापारीहरुलाई लाभ हुने गरी सुपारी आयतलाई खुला गरेपछि यसको तस्करी बढ्दै आएको छ । सुपारी,केराउ,मरिच लगायतका आयात खुलाउन केही सांसद, गुट्खा उद्योगमा मालिकहरु लागि परेका थिए । उनीहरुकै स्वार्थ अनुसार दशैंको मुखमा सरकारको नीतिगत चलखेल गर्दै सुपारी, केराउ र मरिचको आयात खुलाएको हो ।

यसले औद्योगिक प्रयोजनका नाममा पुनः तस्करी बढ्ने सम्भावना समेत रहने छ । इन्डोनेसिया, मलेसिया, क्यानडा लगायत तेस्रो मुलुकबाट नेपालमा सुपारी तथा केराउ लगायत वस्तु आयात हुन्छन् । उद्योगहरुको लागि भनेर यी सामानको आयात खुलाइएको छ । तर, यस्ता सामान भारतमा तस्करी हुन्छ । यसमा ठूलो नीतिगत चलखेल रहेको स्रोत बताउँछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

बिशेष