बिचौलियालाई प्रधानमन्त्री कार्यालयमा ‘नो इन्ट्री’

एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनेपछि बिभिन्न मन्त्रालय र त्यहाँका कर्मचारीलाई प्रधानमन्त्री कार्यालयको नाम लिएर हैरान पार्ने एक व्यक्तिका कारण निकै समस्या देखा परेको छ । पार्टी सचिव,प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारदेखि अर्थ मन्त्रीको सचिवलायको समेत नाम लिएर कर्मचारीहरुबाट असुली धन्दा चलाउँदै आएको गुनासो कर्मचारी वृत्तमा व्याप्त छ ।

बिज्ञापन

उनले पार्टीका नेता,प्रधानमन्त्रीका सचिवालयका सदस्यहरुका नाम बेचेर अर्थ र अर्थ मातहतका कर्मचारीहरुलाई हैरानी खेलाउने गरेको गुनासो कर्मचारीहरुले गरेका छन् । यसरी नेता र नेताका सचिवलायका सदस्यहरुको नाममा मोलमोलाई गर्ने विचौलिया सिन्धुपाल्चोक स्थायी ठेगना भएका एमालेका प्रदेश कमिटिका नेता हुन ।

बिज्ञापन

उनले अर्थमन्त्रीको सचिवालयको पनि नाम लिदै अर्थ अन्तर्गतका कर्मचारीबाट उठ्तीपुठ्ती गरिरहेका छन् । भर्खरै मात्र पनि आफ्नो छोरालाई अमेरिका पठाउनु छ तपाईको बारेमा राम्रो कुरा भनिदिन्छु भन्दै भन्सारका बिभिन्न कर्मचारीबाट १५ लाख रुपैयाँ उठ्ती गरेको उनी निकट एमाले कार्यकर्ताहरु बताउँछन् । कतिपय अवस्थामा प्रधानमन्त्रीको सचिवालयकै नाम बेचेर पनि रकमको मोलमोलाई गरेको भन्सारका एक कर्मचारीले बताए ।

प्राय सिंहदरवारमा भेटिने उनले कर्मचरीहरुलाई आतकित पारेको बिषयमा कर्मचारी प्रेस डटकमले  प्रधानमन्त्रीको सचिवालयमा पनि यस बारे सोधखोज गरेका थियौं । तर, यिनको वारेमा व्यापक गुनासो आएपछि अहिले प्रधानमन्त्रीको सचिवालयमा प्रवेश निषेध गरिएको जानकारी आएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

बिशेष