१०६ अधिकृतको पदस्थापन :-३ अख्तियार,१०३ लाई खटाइयो गाउँपालिका

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०६ अधिकृतहरुको पदस्थापन गरेको छ । जसमध्ये ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटाइएको छ भने बाँकी १०३ जनालाई स्थानीय तहमा पठाइएको हो ।

बिज्ञापन

हालैमात्र लोकसेवा आयोगबाट अधिकृत तह उत्र्तिण गरी कर्मचारी प्रशिक्ष्ण तालिम केन्द्रबाट तालिम लिएका अधिकृतहरुको पदस्थापन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

३८औं ब्याचमा १०६ शाखा अधिकृतहरुलाई विभिन्न पालिका,जिल्ला समन्वय समिति र अख्तियारमा खटाइएको हो । योग्यताक्रमका आधारमा आधारमा पदस्थापन हुने कार्यालय रोज्न दिने अभ्यास भए पनि सामान्य प्रशासनले चलखेल गरी कर्मचारी पदस्थापन गरेको फ्रेस अधिकृतहरुको आरोप छ ।,

सामान्य प्रशासनको कर्मचारी प्रशासन महाशाखाले उनीहरूलाई काम गर्ने सरकारी निकाय रोजाएकोमा अधिकांशले स्थानीय तह रोजेको मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुली बताउँछन् । उनका अनुसार ३८ औं व्याचका १०६ शाखा अधिकृतमध्ये ३ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पोस्टिङ भएका छन् । धेरै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेकोमा नयाँ अधिकृतहरू गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएर खटाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

बिशेष