काठमाडौंसहित पाँच जिल्लाका सिडिओ फेरिए

 

बिज्ञापन

गृह मन्त्रालयले काठमाडौंसहित पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । काठमाडौंमा सहसचिव जयनारायण आचार्यलाई पठाइएको छ । आचार्य कारागार व्यवस्थापन विभागको महानिर्देशकका रुपमा कार्यरत छन् । काठमाडौंमा कार्यरत सिडिओ जितेन्द्र बस्तेलाई मन्त्रालयमा लगिएको छ । यस्तै प्यूठानका नारायण अर्याललाई गृह मन्त्रालयमा ल्याइएको छ ।

बिज्ञापन

सिन्धुली, सिन्धुपाल्चोक, अर्घाखाँची जिल्ला एक महिनादेखि रिक्त थिए । त्यहाँ कार्यरत सहसचिवहरुमध्ये केहीलाई महावाणिज्यदूत र केही प्रदेशतिर सरुवा भएसँगै रिक्त रहेका यी जिल्लामा सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिला प्रसाद शर्मा, अर्घाखाँचीमा बाबुराम अर्याल र प्यूठानमा रमा आचार्यलाई सिडिओको जिम्मेवारी दिएर पठाइएको छ ।

त्यस्तै, अर्थ मन्त्रालयबाट सरुवा भएर आएका सहसचिव टोकराज पाण्डेलाई मन्त्रालयको नीति योजना महाशाखामा खटाइएको छ ।

बिज्ञापन

गृहले अवधि पुगेका,माओवादी निकट प्रशासकहरु प्रमुख जिल्ला अधिकारी रहेका जिल्लाको सिडिओ समेत सरुवा गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष