स्वास्थ्य सेवा विभागमा महानिर्देशक मिश्रको ब्रह्मलुट

स्वास्थ्य सेवा विभाग पछिल्लो समय बदनाम बढ्दै गएको छ। स्वास्थ्य सेवा विभागको महानिर्देशक संगीता गौतम मिश्रले विभागको नेतृत्व सम्हालेपछि बदनाम हुन थालेको हो। सवै भन्दा आकर्षक मानिने विभाग हो स्वास्थ्य सेवा विभाग । जसको नेतृत्वमा संगीता गौतम मिश्रले गर्दै आएकी छिन् । महानिर्देशक मिश्र भारतीय मुलुकका हुन् । भारत झारखण्डस्थित राँचीमा जन्मेकी, हुर्केकी र प्रारम्भिकदेखि एमबीबीएससम्मको शिक्षा उनले त्यहींबाट पूरा गरेकी हुन् ।

बिज्ञापन

 

बिज्ञापन

महानिर्देशक मिश्रका श्रीमान् सीके राउतको जनमत पार्टीका नेता हुन् भने उनी जुन पार्टीको स्वास्थ्यमन्त्री भयो, सोही पार्टीको निकट हुँ भन्दै चाकरी गर्न पुगिहाल्छिन् । उपेन्द्र यादव स्वास्थ्यमन्त्री हुँदा उनकै पार्टीको निकट भएकी उनी प्रदीप यादव ५० दिने मन्त्री हुँदा उनले राखेका मुद्रण व्यवसायी सल्लाहकार अवधेश झा मार्फत् त्यही समूहसँग नजिकिएकी थिइन् । उनी महानिर्देशक भएपछि आफू मातहतका कार्यालयका निर्देशकहरुबाट पैसा माग्ने गर्दछिन् । विशेष गरि उनले परिवार स्वास्थ्य महाशाखाबाट संचालित कार्यक्रममा पहिलै आफ्ना मान्छेलाई कराडौंका परियोजनाहरु दिएर त्यस मार्फत कमिसन लिने गर्दछिन् । उनी महानिर्देशक भएपछि स्वास्थ्य सेवा विभाग भन्दा आफ्नो मात्र आर्थिक सुधार गर्दै आइरहेकी छिन् ।

 

बिज्ञापन

उनले पाएका कमिसनहरु भारतीय बैकहरुमा लगेर जम्मा गर्ने गर्दछिन् । उनले स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाबाट अरबैंको हुने खरिदमा टेण्डर अगाडीनै सप्लाएरहरुलाई बोलाएर सेटिङ गर्ने गर्दछिन् । उनी जति दिन स्वास्थ्य सेवा विभागमा रहन्छिन् विभागको होइन आफ्नो मात्र सुधार हुने, भ्रष्ट्राचार मात्र बढ्ने र भ्रष्ट्राचारले संस्थागत रुप लिने त्यहाँका कर्मचारीहरु बताउछन् । त्यति मात्र नभएर निर्देशकहरुलाई पैसा कलेक्सन गरेर उनलाई बुझाउनु पर्नेे तनाव भइरहने त्यहाँका कर्मचारीहरुले बताए । विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले ४२ करोड ७५ लाख ६० हजारको मेसिन, औजार, उपकरण र स्वास्थ्य सामग्री लगायतको खरिदका लागि टेन्डर गर्यो।महाशाखाले मंसिर २७ गते (डिसेम्बर १३, २०२३) देखि माघ १६ गते (जनवरी ३०, २०२४) सम्म ४९ दिनमा गरेको मेसिन, औजार, उपकरण, र स्वास्थ्य सामग्री लगायतको खरिदका लागि गरेको अधिकांश टेन्डर शङ्कास्पद छन्। अधिकांश टेन्डरहरू स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले स्वास्थ्य सामाग्री उपकरणका आपूर्तीकर्ताहरुसँगको मिलेमतोमा टेन्डर निकालेर सरकारी कोषको चरम दुरुपयोग गरेको देखिन्छ।यसअघि विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले २०८० साउन एक गते (जुलाई १७, २०२३० देखि कार्तिक २१ गते (नोभेम्बर ७, २०२३) सम्म करिब चार महिना भित्रको अवधिमा करिब दुई अर्ब ५० करोड ६६ लाखको मेसिन, औजार तथा उपकरण र स्वास्थ्य सामग्री लगायत खरिदका लागि गरेको सो टेन्डर पनि अधिकांश शङ्कास्पद छन्। व्यवस्थापन महाशाखाले करिब दुई अर्ब ९३ लाख ४२ हजारको मेसिन, औजार तथा उपकरण र स्वास्थ्य सामग्री लगायतको खरिदका लागि टेन्डर गरिसकेको छ।

 

यी मध्ये अधिकांश टेन्डर निश्चित कम्पनीलाई मात्रै दिने गरी स्पेशिफिकेशन नै लक्ड गरेको देखिन्छ। टेन्डरमा स्वास्थ्य सेवा विभागको स्पेशिफिकेशन बैङ्कमा रहेको स्पेशिफिकेशन प्रयोग गर्ने गरेको आवरणमा विभागमा बायोमेडिकल इन्जिनिरहरुलाई समेत मिलेमतोमा मिलाएर सरकारी खरिदमा चरम अनियमितता गर्दै आएका छन्। स्वास्थ्य मेसिन, औजार र उपकरण लगायतको खरिदको टेन्डर मिलाउने नेतृत्व यज्ञ भण्डारीले गरेको देखिन्छ। यज्ञ सिन्धुपाल्चोकका हुन्। उनी सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र र नेपाली सेनाका लागि स्वास्थ्य उपकरण आपूर्ति गर्न सक्रिय थिए। पछिल्लो समय स्वास्थ्य सेवा विभागमा अधिकांश ठूला टेन्डरमा यज्ञ भण्डारीकै समूह हाबी देखिन्छ। विभागको व्यवस्थापन महाशाखाले २०८० माघ चार गते (जनवरी १८, २०२४) मा ५० सेट ‘फिक्सड एक्स–रे ५००एमए वीथ डिटेक्टर’ सामग्री २६ करोडमा खरिद गर्ने गरी टेन्डर आह्वान गर्यो। एउटा हाइफ्रिक्वेन्सि एक्स–रेको मूल्य करिब १६ लाख, डिटेक्टरको १२ लाख र प्रिन्टरको मूल्य चार लाख पर्ने देखिन्छ। यसरी हेर्दा एउटा हाइफ्रिक्वेन्सी एक्स–रे, डिटेक्टर र प्रिन्टरको मूल्य करिब ३२ लाख पर्ने देखिन्छ।यसरी ३२ लाखका दरले ५० वटा मेसिनको मूल्य करिब १६ करोड पर्ने भए पनि मिलेमतोमा यसको मूल्य २६ करोड पूर्याइयो। विभागको व्यवस्थापन महाशाखाले ५० सेट ‘फिक्सड एक्स–रे ५००एमए वीथ डिटेक्टर’ मेसिन किन्दा नै १० करोड बढी मूल्य तय गरेको देखिन्छ, जुन मिलेमतोमा संलग्न कम्पनीदेखि मन्त्रालयतहसम्म बाँडिने रकम हो।विश्व बैङ्कको आर्थिक ऋण सहयोगमा कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयरनेश प्रोजेक्टका रूपमा आएको ऋण रकममा सो मेसिन खरिदका लागि टेन्डर आह्वान भएको हो। विभाग मातहत रहेको आपूर्ति व्यवस्थापन महासाखाले खरिद प्रक्रिया अपनाएको पोर्टेवल युएसजी मेसिन खरिदमा २० करोड रुपैयाँभन्दा बढी घोटाला भएको आरोप छ । विभागले बोलपत्र आह्वान गर्दा यज्ञ भण्डारी र विमल उप्रेतीको स्वामित्व रहेको म्याक्स मेडिटेक सिस्टम प्रा.लीलाई सेटिङ्गमै ठेक्का दिइएको थियो । सन् २०२४ फेब्रुअरी १४ मा ‘दि राइजिङ्ग नेपाल दैनिकमा विभागले प्रकाशित गरेको बोलपत्र छनौटको सुचना अनुसार सो कम्पनिले २९ करोड ९६ लाख रुपैयाँमा २०० सेट पोर्टेवल युएसजी मेसिन खरिदको ठेक्का पारेको थियो । कम्पनिले एक सेट पोर्टेवल युएसजी मेसिनको १५ हजार डलरभन्दा बढी मुल्यमा विभागले सहमति दिएको छ । जबकी सोही कम्पनिले अन्य अस्पताललाई प्रति सेट ८ हजार डलरमा विक्री गर्दै आएको स्रोतले बताएको छ ।

अमेरिकास्थित जिई हेल्थ केयरले उत्पादन गरेको भिस्क्यान पोर्टेबल युएसजी मेसिनको मुल्य वेभसाइटमै जम्मा ४ हजार ८ सय ५५ डलर उल्लेख गरेको छ । तर, विभागले भने सोही उपकरणको मुल्य १५ हजार डलरभन्दा माथिमा स्विकृत दिएर खरिद प्रक्रिया टुंग्याएको हो । विभागकै स्विकृति अनुसार खरिदकर्ताले एलसी खोलेर सामान ल्याउने अन्तिम चरणमा पुगेको छ ।सन् २०२३ मा जिई हेल्थकेयरले यो प्रविधि नेपालमा पनि सार्वजनिक गरेको थियो । नेतृत्व गर्ने विभागको महानिर्देशकको सचिवालयमा अवैधानिक रूपमा कार्यरत दाहाललाई दरबन्दी भएकै स्थानमा पठाउन डीजीले नै नचाहेको आरोप छ ।

 

उनको दरबन्दी मानसिक अस्पताल लगनखेलमा हो । तलब भत्ता दरबन्दी भएकै कार्यालयबाट खानुपर्ने नियम छ । तर उनले भने विभागबाटै सेवा सुविधा लिंदै आएको बताइन्छ । निजामती र स्वास्थ्य सेवा ऐनले १ आर्थिक वर्षमा ३ महिनाभन्दा बढी कुनै पनि कर्मचारीलाई काजमा राख्न पाइँदैन । तर दाहाल भने लामो समयदेखि काजमै विभागमा कार्यरत छन् ।दरबन्दीमा भएका कर्मचारीको पनि २–२ वर्षमा सरुवा गर्ने कानुनी व्यवस्था छ । तर दाहालका हकमा भने यो नियम लागू हुन सकेको छैन । उनी वर्षौँदेखि काजमा विभागमा कार्यरत छन् । सरुवा, टेण्डर सम्बन्धी फाइलमा उनको सेटिङविना महानिर्देशकले सदर नगर्ने गरेको स्रोतको दाबी छ । सचिवालयमै बसेर गणेश टीओ (तोकिएको ठाउँमा नगई काठमाडौंमै बसेर खाने भ्रमण भत्ता) समेत नियम विपरीत लिंदै आएका छन् । सचिवालयमै काम गरिरहँदा हाजिर नगर्ने र भ्रमण भत्ता खाने मामिलामा दाहाल अग्रस्थानमा छन् ।उनको कार्यशैली देखेर विभागका निर्देशकहरूसमेत दिक्क छन् । दरबन्दीविना ७ वर्षदेखि विभागमा कार्यरत रहेको बारेमा सिअहेव दाहालले ७ महिना मात्र भएको झुटो दाबी गरे । विभागका कर्मचारी प्रशासन शाखाका नेतृत्व गरेका एक अधिकारीले भने–हरेक महानिर्देशक कार्यकाल सकिएपछि दरबन्दी भएको मानसिक अस्पतालमा एक महिना हाजिर हुने र पुनः शक्तिकेन्द्रलाई प्रभावमा पारी महानिर्देशकको सचिवालयमा काजमा फर्किने चक्र उनले चलाउँदै आएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

छायाँदेवी कम्प्लेक्स भत्काउन माग गर्दै माइतीघरमा प्रदर्शन

पोखरा विमानस्थल भ्रष्टाचार: १४ जनाविरुद्ध मुद्दा दायर, बिगो ३ अर्ब ६५ करोड

बलात्कार आरोपमा वडाध्यक्ष बुढा पक्राउ

प्रशासकीय र श्रम अदालतका सदस्यहरूलाई राजीनामा दिन सरकारको आग्रह

अध्यादेशको असर: एकै झट्कामा १२ कर्मचारी ट्रेड युनियन निष्क्रिय

सैनिक कल्याणकारी कोष : जवानको नाममा संरक्षित शक्ति, कि सीमित वर्गको सुविधा?

दोहोरो सुविधा नियन्त्रणमा सरकारको कडाइ, ओलीले फिर्ता गरे सरकारी गाडी

ट्रेड युनियन हटाएर मात्रै समृद्धि आउँदैन

बिशेष