सरकारी कर्मचारीको ‘खाजा समय’ घट्यो

सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको छ । खाजा खाने समय घटाएर आधा घण्टामा झारिएको हो ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग, सचिवालय र निकायहरूलाई परिपत्र गर्दै खाजा समय दिउँसो १ः३० देखि २ बजेसम्म मात्रै छुट्याएर कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

बिज्ञापन

मन्त्रालय र अन्तरगतका निकायमा तोकिएअनुसार खाजा समयको परिपालना गर्न पत्रमा भनिएको छ ।

यसअघि सरकारी कार्यालयहरुमा खाजा खाने समयमा एकरुपता नभएको र कतिपय कार्यालयका कर्मचारीहरुले खाजा खाने समयका नाममा लामोसमय सम्म काम नगरेको भनी आलोचना हुने गरेको थियो । आइतबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत् सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको जानकारी दिएका छन् ।

बिज्ञापन

सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ । खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन, उनले लेखेका छन् ।

त्यस्तै खाजा समयको नियम उल्लंघन गरेको पाइएमा हेलो सरकारमा गुनासो टिपाउन पनि प्रधामन्त्री ओलीले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

न्युरोडको गोदाममा ६ करोडको भेप बरामद, एक जना पक्राउ

स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीबीचको विवाद समाधान गर्न मन्त्रालयले बनायो समिति

यस्ता छन् मन्त्रिपरिषद्का मुख्य ४ निर्णय

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा डंगोल

श्रमिकको न्यूनतम तलबमान तीस हजार घोषणा गर्न माग

धितोपत्र वोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

फाइल खरानी हुँदा लेखापरीक्षण प्रभावित,१७९ कार्यालयको जिम्मा कस्ले लिने ?

कर्मचारी ट्रेड युनियनका नेताहरुलाई गृहजिल्लामै खटाउने गृहकार्य

बिशेष