सचिव बढुवामा ओलीद्धारा पाँच पटकसम्म रोकिएका दुवाडी कसरी बने गृह सचिव ?

गृह मन्त्रालयको रिक्त सचिवमा गोकर्णमणि दुवाडी पुगेका छन् । हिजो बसेको मन्त्रिपरिषद बैठकले दुवाडीलाई गृहमा लाने निर्णय आज बल्ल माइन्युटिङ्ग गरेको हो ।

बिज्ञापन

यसअघिका एकनारायण अर्याल भदौ १४ गते मुख्यसचिव नियुक्त भएपछि पद रिक्त थियो । त्यसका लागि बिनोद सिंह,कृष्णहरि पुष्कर,दिनेश भट्टराई लगायतको नाम चर्चामा थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तिम सहमतिमा दुवाडीलाई प्राथमिकता दिइएको बुझिएको छ ।
यस अघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुवाडीलाई ५ पटकसम्म सचिव बनाउन अस्वीकार गरेका थिए। २०७६ माघदेखि सचिव बढुवाको सिफारिसमा भएका उनी सात महिना पछि मात्र सचिव बढुवा भएका थिए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले छैठौं पटक सचिव बढुवाका लागि भएको सिफारिसमा १० मंसिरमा मात्रै उनलाई सचिव बढुवा गरेको थियो । तत्कालीन सरकारले ५ पटक सिफरिस हुँदा पनि उनलाई सचिवमा बढुवा नगरी अरुलाई नै मौका दिएको थियो ।

बिज्ञापन

३ पटक पहिलो नम्बरमा सिफारिस हुँदा समेत उनलाई सचिवमा बढुवा नगरी उनीभन्दा जुनियर सहसचिवहरुलाई सचिव बनाइएको थियो । कनिष्ठ भएपनि विष्णुप्रसाद नेपाल, वीरबहादुर राई र मधुकुमार मरासिनी दुवाडीलाई उछिनेर सचिव बनेका थिए ।

२०५४ सालमा नायव सुब्बाबाट निजामती सेवामा प्रवेश गरेका दुवाडी २०५९ मा शाखा अधिकृत भएका थिए । २०६६ मा उपसचिव भएका उनी एक वर्षपछि सहसचिवमा बनेका हुन ।दुवाडी ७७ सालमा मात्र सचिवमा उक्लिएका हुन ।

बिज्ञापन

नवनियुक्त गृहसचिव गोकर्णमणि दुवाडीले पदभार ग्रहण गरेका छन् । शुक्रबार अपरान्ह सिंहदारबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर सरुवाको पत्र बुझेका दुवाडीले साँझ मन्त्रालय पुगेर पहबाहली गरेका हुन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उपसचिवको नियुक्ति सिफारिस बदर

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

लापरवाही कर्मचारीको,क्षतिपूर्ति राज्यकोषबाट

शैक्षिक प्रमाणपत्र र नागरिकता फरक जन्म मिति : फिर्ता गर्नुपर्ने हुनसक्छ तलब भत्ता र पेन्सन

ती बैकुण्ठ,यी संगीता

खण्डन तथा क्षमायाचना

बिशेष