कान्छो कर्मचारी संगठनमा दुई चिरा,जन्मियो स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन

निजामती कर्मचारीहरुको कान्छो संगठन दुई चीरा परेको छ । पूर्व अध्यक्षहरुले आफू निकटका कर्मचारीलाई अध्यक्ष बनाए पछि पार्टी अध्यक्ष माधव नेपालका भाञ्जि ज्वाईहरुको टिमले विद्रोह शुरु गर्दै आएका थिए ।

बिज्ञापन

तीन बर्ष अघिमात्र श्रम विभागबाट स्वकीृति पाएर गठन भएको एकीकृत सरकारी कर्मचारी संगठनमा सम्मानजनक स्थान नपाएसँगै शरण गुरुङहरुको समूहले विद्रोह गरेको हो ।

बिज्ञापन

संस्थतापक अध्यक्ष रहेका मोहन घिमिरे उपसचिवमा उक्लिएसँगै संगठनको अध्यक्षमा छानिएका थिए गगन बिष्ट । विष्ट पनि घिमिरेझैं बढूवाबाट उपसचिवमा उक्लिए । गगन उपसचिवका बढूवाका लागि सिफारिस भएसँगै एउटा पक्षले आफू निकटस्थ यामबहादुर खत्रीलाई अध्यक्ष बनाइएसँगै शरण गुरुङहरुको समूह विद्रोहमा उत्रिएर समानान्तर गतिविधि गर्दै आइरहेको थियो ।
गत बर्षको फागुन २६ र २७ गते खरिपाटीमा भएको भेलाले संगठनको अध्यक्षमा गगन र सह अध्यक्षमा शरणलाई चयन गरेको थियो । निर्वाचन भनिए पनि टीका लगाएरै पदाधिकारी चयन भएको थियो उक्त समयमा । तर गत अस्ति फागुन २९ शरणहरुको समूहलाई माइनस गरी उपसचिवमा बढूवा सिफारिस भइसकेका गगनको अध्यक्षतामा बैठक बसालेर जारी गरेको अपानीप्रति शरणहरुको समूहले आपत्ति प्रकट गरेको थियो ।

शरण यस अघि नै एमालेमा हुँदा उपाध्यक्ष चलाइसकेका कर्मचारी हुन । संघीय संसद सचिवालयमा कार्यरत उनी पार्टी फुटेपछि एकीकृत सरकारी कर्मचारी संगठनमा महासचिव,उपाध्यक्ष हुँदै अहिले सह अध्यक्षको भूमिकामा थिए तर उनी भन्दा कनिष्ठ यामबहादुर खत्रीलाई अध्यक्ष बनाइएसँगै संगठनमा शुरु भएको भाँडभैलो अन्तत दुई चिरा परेर सकिएको छ ।
उक्त समूहले स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन गठन गरी श्रम विभागमा दर्ता गराइसकेका छन् । शरणका पक्षमा मधेश प्रदेश कार्यसमिति,कर्णाली प्रदेश र गण्डकी प्रदेश कार्यसमितिका केही सदस्यहरुको साथ रहेको बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कसरी तयार पार्ने कर्मचारीको कार्यसम्पादन सूचक ?

लुम्बिनी अस्पतालको प्रमुखमा डा गौतम

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रमा पहिलो पटक अन्तराष्ट्रिय समर स्कुल संचालन

कर्मचारी आचारसंहिता कार्यान्वयन गर्न सचिवको परिपत्र

काठमाडौंमा जुवा–मिटरब्याजको जालोः आफ्नै रेष्टुरेन्टमा जुवा खेलाउँदै पक्राउ परे प्रचण्ड खड्का

कर्मचारीको उमेर हद ५५ बनाउँदा यही बर्ष अवकाशमा जानेछन ७ हजार कर्मचारी

दीपक भट्ट प्रकरणमा नयाँ मोड: अनुसन्धान गर्ने विभागकै महानिर्देशकको श्रीमती शेयरधनी

बिचौलिया भट्टको जालोमा सम्पत्ति शुद्धिकरण डिजीकी श्रीमतीको सेयर भेटिएपछि अनुसन्धानमा प्रश्न

बिशेष