गोदावरीका प्रमुख प्रशासकीय अधिकृतसहितको भ्रष्टाचार मुद्धामा अख्तियारको पुनरावलोकन

विशेष अदालतका अध्यक्षका रुपमा अहिले टेक नारायण कुँवर कुर्सीमा छन् । उनी त्यहाँ पुगेसँगै पूरानो मुद्धामा ठयाङ ठ्याङ फैसला ठोक्ने क्रम जारी छ । उनी त्यहाँ पुगेसँगै दुई बर्षभन्दा पूरानो मुद्धै छैन । यसरी विशेषले धमाधम मुद्धाको फैसला सुनाएको अख्तियारलाई चित्त बुझेको छैन ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पछिल्लो महिना दिनमा ३६ मुद्दाको फैसला चित्त नबुझेर सर्वोच्चमा पुनरावेदन दर्ता गराएको छ ।जसमध्येको एउटा मुद्धा हो, गोदावरी नगरपालिकामा भएको भ्रष्टाचारमा विशेष अदालतले सफाई दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।

बिज्ञापन

प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट, इन्जिनियर पूर्ण कुँवर, सब–इन्जिनियर नरेन्द्र शाही, ल्याब टेक्निसियन धनबहादुर विष्ट र बाली चन्द्र निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक हरिसिंह विष्टसहितको भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको हो । विशेषले पुस २२ गते दिएको सफाईको फैसलामा असहमति जनाउँदै सर्वोच्चमा पुनरावेदन दायर गरेको हो । अदालतले वेस कोर्स र सब–वेस कोर्सको ग्रेडेसन टेस्टमा त्रुटि रहेको, निर्माण कार्य पूरा भएपछि गरिएको नापजाँचले सही नतिजा दिन नसक्ने र प्रतिवादीहरूले तय गरेको मापदण्डअनुसार काम गरेको भन्दै सफाई दिएको थियो ।

अख्तियारले विशेष अदालतको फैसलालाई त्रुटिपूर्ण ठहर गर्दै नगरपालिकाका सडकहरूको स्थलगत निरीक्षणमा प्रतिवादीहरूले भुक्तानीमा अनियमितता गरेको प्रमाण प्रस्तुत गरिएको जनाइएको छ । राम जानकी मन्दिर जाने सडकको गुणस्तर परीक्षणमा पनि प्रतिवादीले नापी किताबअनुसार काम नगरेको र गुणस्तर नपुगेको तथ्य पेश गर्दा पनि अदालतले ध्यान नदिएको अख्तियारको भनाइ छ । खेमराज विष्ट र पूर्ण कुँवरले ठेक्काको कार्यादेश बमोजिम काम नगरेको स्पष्ट प्रमाण हुँदाहुँदै पनि अदालतले विश्लेषण नगरी सफाइ दिएको निर्णय त्रुटिपूर्ण रहेको अख्तियारको दाबी छ ।

बिज्ञापन

उसो त आर्थिक बर्षमा विशेषले भ्रष्टाचारसम्बन्धी ५०६ मुद्दा फर्स्योट गरेको थियो । त्यसमध्ये २४३ मुद्दामा सफाइको फैसला भएको छ । त्यस्तै, १५९ मुद्दामा ठहर र १०४ मा आंशिक ठहर भएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कसरी तयार पार्ने कर्मचारीको कार्यसम्पादन सूचक ?

लुम्बिनी अस्पतालको प्रमुखमा डा गौतम

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रमा पहिलो पटक अन्तराष्ट्रिय समर स्कुल संचालन

कर्मचारी आचारसंहिता कार्यान्वयन गर्न सचिवको परिपत्र

काठमाडौंमा जुवा–मिटरब्याजको जालोः आफ्नै रेष्टुरेन्टमा जुवा खेलाउँदै पक्राउ परे प्रचण्ड खड्का

कर्मचारीको उमेर हद ५५ बनाउँदा यही बर्ष अवकाशमा जानेछन ७ हजार कर्मचारी

दीपक भट्ट प्रकरणमा नयाँ मोड: अनुसन्धान गर्ने विभागकै महानिर्देशकको श्रीमती शेयरधनी

बिचौलिया भट्टको जालोमा सम्पत्ति शुद्धिकरण डिजीकी श्रीमतीको सेयर भेटिएपछि अनुसन्धानमा प्रश्न

बिशेष