एकै पटक चार सचिव पद रिक्त,को- को छन् बढुवाको लाइनमा ?

मुख्य सचिव लीलादेवी गड्तौला उमेर हद लागेर घर फर्किएसँगै त्यहाँ गृह सचिव एकनारायण अर्यालले नियुक्ति पाएका छन् ।

बिज्ञापन

मुख्यसचिव गड्तौला घर फर्किनु,एकनारायण मुख्यसचिवमा बढूवा हुँदा दुई सचिव पद रिक्त थिए नै दुई सचिवले राजीनामा दिएसँगै एकै पटक चार सचिव पद रिक्त हुन पुगेको छ र । चौथो वरियताका सचिवलाई मुख्यसचिव बनाएको भन्दै दुई वरिष्ठ सचिवहरु राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवाली र महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले राजीनामा दिएसँगै चार सचिव पद रिक्त हुन पुगेको हो । भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिव बनाएपछि उनीहरू असन्तुष्ट हुँदै राजीनामा दिएका हुन्।

बिज्ञापन

राजीनामा दिएकामध्ये ज्ञवाली भने यही भदौ २२ गते अवकाशमा जाँदैछन्भने अवको तीन महिनापछि दिनेश भट्टराई पनि अवकाशमा जाँदैथिए ।

निजामती किताबखानाका अनुसार चालु आर्थिक बर्ष विशिष्ठ श्रेणीका यी १६ कर्मचारीसहित २ हजार भन्दा बढी कर्मचारी अनिवार्य अवकाशमा जाँदैछन् । यस्तै चालु आर्थिक बर्षमा तीन दर्जन बढी सहसचिवहरु सचिवमा उक्लदैछन् । जसमध्ये २६ सहसचिवहरुले हालैमात्र सचिवमा बढुवा हुन आवश्यक पर्ने तालिम समेत लिइसकेका छन् ।

बिज्ञापन

सहसचिवबाट सचिवमा उक्लने लाइनमा रहेका कर्मचारीहरु हुन महादेव पन्थ,रघुराम विष्ट,वावुराम अधिकारी, मदन भुजेल,चन्द्रकला पौडेल, शोभाकान्त पौडेल,भुपाल वराल, डण्डुराज घिमिरे,खगेन्द्र प्रसाद सुवेदी, कृष्ण प्र काप्री, वैकुण्ठ प्रसाद अर्याल, इमनारायण श्रेष्ठ,राजेन्द्र प्रसाद पौडेल,इन्दु घिमिरे, कमल प्रसाद भट्टराई,श्रीकृष्ण नेपाल,हाल स्वास्थ्यमा आइपुगेका विनोद वहादुर कुँवर,ढुण्डी निरौला,झलकराम अधिकारी,जनकराज जोशी ।कालीप्रसाद पराजुली,नारायण प्रसाद भट्ट,उत्तर कुमार खत्री, आभा कर्ण श्रेष्ठ,चक्रवहादुर वुढा र जयनारायण आचार्यहरु सचिव बन्ने पर्खाइमा छन् ।

यस्तै भ्रष्टाचार मुद्धा परेर निलम्बनमा परेका र फुकुवा भएको खण्डमा रूद्रसिंह तामांग,बुद्धिसागर लामिछानेहरु पनि सचिव बन्ने लाइनमा रहेका बरिष्ठ सहसचिवहरु हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्काे सहसचिवले दिए राजीनामा,स्वीकृत हुन बाँकी

प्रादेशिक पिआइए पोर्टलमा तीन सुविधा थप, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

उपसचिवको नियुक्ति सिफारिस बदर

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

बिशेष