मुख्यसचिव नियुक्तिमा अर्काे सचिवको पनि असन्तुष्टि,दिए राजीनामा

बरिष्ठ तीन सचिवलाई छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीले चौथौं नम्बरका सचिवलाई मुख्य सचिव नियुक्त गरेसँगै दुई सचिवहरुले राजीनामा ठोकेका छन् ।  मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै अर्काे सचिवले पनि राजीनामा दिएका हुन ।

बिज्ञापन

विहिबार बसेको क्याविनेटले गृह सचिव एकनारायण अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको थियो । उक्त निर्णय पछि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि राजीनामा दिएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतकाअनुसार उनले दिएको राजीनामा स्वीकृत पनि भएको छ।

बिज्ञापन

एकनारायण अर्याललाई मुख्य सचिव नियुक्त गर्ने पक्कापक्की भएको थाहा पाएसँगै मुख्य सचिव हुने लाइनको बरियतामा पहिलो नम्बरमा रहेका तोयनारायण ज्ञवालीले  अघिल्लो साता  दिएको राजीनामा विहिबारको क्याविनेटले स्वीकृत गरिसकेको छ । बरियताको पहिलो नम्बरमा रहेका राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले सचिवबाट राजीनामा दिएको घटनाक्रम सेलाउन नपाउँदै अर्काे सचिव दिनेश भट्टराईले पनि राजीनामा दिएका हुन ।

ज्येष्ठता र बरिष्ठाताका आधारमा तोयानारायण ज्ञवाली २०७६ भदौं २२ गते, दिनेश भट्टराई ०७६ कार्तिक ५, रामकृष्ण सुवेदी ०७६ माघ २० गते सचिवमा बढुवा भएका हुन । हाल कारागारमा रहेर निलम्बित टेकनारायण पाण्डे २०७६ माघ २२ र पाँचौँमा एकनारायण अर्याल ०७६ फागुन १८ मा सचिव बनेका हुन । ज्ञवालीको सचिवको ५ वर्षे कार्यकाल १० दिन पछि अर्थात भदौ २२ गते सकिँदैछ । उनी सो मितिमा अनिवार्य अवकाशमा जाँदै थिए । आफु भन्दा चौथो नम्बर बरियतामा पछि रहेका सचिव मुख्यसचिव नियुक्त भएपछि ज्ञवालीले राजीनामा दिएका थिए । सचिव पदमा कार्यरत ७० जनामध्ये सबैभन्दा वरिष्ठ राष्ट्रिय योजना आयोगका सचिव ज्ञवाली नै हुन् । उनी वर्तमान मुख्यसचिव गड्तौला भन्दा पनि वरिष्ठ हुन् ।
यस्तै बरिष्ठताका आधारमा दोश्रो नम्बरमा रहेक भट्टराईले राजीनामा दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । पहिलो नम्बरमा डा तोयनारायण ज्ञवाली, दोस्रोमा दिनेश भट्टराई, तेस्रोमा रामकृष्ण सुवेदी र चौथोमा एकनारायण थिए ।कार्यक्षमता राम्रो भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई छानेका हुन् ।

बिज्ञापन

पहिलो नम्बरमा रहेका ज्ञवालीले गत साता नै राजीनामा दिएका छन् । भट्टराईले हिजो राजीमा दिएका हुन् । उनको पदावधी तीन महिना बाँकी थियो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कसरी तयार पार्ने कर्मचारीको कार्यसम्पादन सूचक ?

लुम्बिनी अस्पतालको प्रमुखमा डा गौतम

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रमा पहिलो पटक अन्तराष्ट्रिय समर स्कुल संचालन

कर्मचारी आचारसंहिता कार्यान्वयन गर्न सचिवको परिपत्र

काठमाडौंमा जुवा–मिटरब्याजको जालोः आफ्नै रेष्टुरेन्टमा जुवा खेलाउँदै पक्राउ परे प्रचण्ड खड्का

कर्मचारीको उमेर हद ५५ बनाउँदा यही बर्ष अवकाशमा जानेछन ७ हजार कर्मचारी

दीपक भट्ट प्रकरणमा नयाँ मोड: अनुसन्धान गर्ने विभागकै महानिर्देशकको श्रीमती शेयरधनी

बिचौलिया भट्टको जालोमा सम्पत्ति शुद्धिकरण डिजीकी श्रीमतीको सेयर भेटिएपछि अनुसन्धानमा प्रश्न

बिशेष