मुख्यसचिवमा अर्याल नियुक्त भएपछि ज्ञवालीद्वारा राजीनामा

एकनारायण अर्याललाई मुख्य सचिव नियुक्त गरिएसँगै बरियताको पहिलो नम्बरमा रहेका राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले सचिवबाट राजीनामा दिएका छन् ।

बिज्ञापन

सचिवको बरियताको चौथो नम्बरमा रहेका गृह मन्त्रालयका सचिव एकनारायण अर्याल मुख्सचिव नियुक्त भएपछि पहिलो बरियतामा रहेका ज्ञवालीले राजीनामा दिएका हुन् ।

बिज्ञापन

ज्येष्ठता र बरिष्ठाताका आधारमा तोयानारायण ज्ञवाली २०७६ भदौं २२ गते, रामकृष्ण सुवेदी ०७६ कार्तिक ५, दिनेश भट्टराई ०७६ माघ २० गते सचिवमा बढुवा भएका हुन । हाल कारागारमा रहेर निलम्बित टेकनारायण पाण्डे २०७६ माघ २२ र पाँचौँमा एकनारायण अर्याल ०७६ फागुन १८ मा सचिव बनेका हुन । ज्ञवालीको सचिवको ५ वर्षे कार्यकाल १० दिनपछि अर्थात भदौ २२ गते अनिवार्य अवकाशमा जाँदै थिए । आफु भन्दा चौथो नम्बर बरियतामा पछि रहेका सचिव मुख्यसचिव नियुक्त भएपछि ज्ञवालीले राजीनामा दिएका हुन् । सचिव पदमा कार्यरत ७० जनामध्ये सबैभन्दा वरिष्ठ राष्ट्रिय योजना आयोगका सचिव ज्ञवाली नै हुन् । उनी वर्तमान मुख्यसचिव गड्तौला भन्दा पनि वरिष्ठ हुन् ।

सहसचिवबाट २०७६ सालमा सचिवमा बढुवा भएका ज्ञवालीको पहिलो पदस्थापन लुम्बिनी प्रदेशको प्रमुख सचिवमा भएको थियो । लुम्बिनी प्रदेशको प्रमुख सचिव भएर २०७६ भदौ ९ देखि २०७७ मंसिर २२ गतेसम्म १५ महिना बिताएका थिए । त्यसपछि उनी राष्ट्रपति कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योग सचिव हुँदै राष्ट्रिय योजना आयोगको सचिव भएका थिए । उनले राष्ट्रपति कार्यालयमा २०७८ असार २२ देखि २०७९ साउन २२ सम्म एक वर्ष बिताएका थिए ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्काे सहसचिवले दिए राजीनामा,स्वीकृत हुन बाँकी

प्रादेशिक पिआइए पोर्टलमा तीन सुविधा थप, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

उपसचिवको नियुक्ति सिफारिस बदर

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

बिशेष