एकै दिन १०४ अधिकृत दीक्षित,गाउँपालिका खटाउने तयारी

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अनुभवी कर्मचारीलाई खटाउने कि फ्रेस ? विगतमा फ्रेस अधिकृत खटाउँदा कतिपय स्थानीय तहले हाजिरै गर्न नदिई बाटैबाट फर्काइदिएको धेरै उदाहरण छ ।
तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालैमात्र शाखा अधिकृतको परीक्षा पास गरेका अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाउने तयारी गर्न लागेको छ ।

बिज्ञापन

सरकारले फ्रेस १०४ जना शाखा अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मवारी दिएर खटाउने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आजै दीक्षित भएका १०६ जना नयाँ शाखा अधिकृतलाई रिक्त रहेको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाउने तयारी गरेको हो ।
हालैमात्र लोकसेवा कक्षा पास गरी शाखा अधिकृमा उत्र्तीण भएका १०४ जना आजैमात्र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरमा प्रशिक्षण सकाएर दीक्षित भएका हुन । नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका तृतीय श्रेणीका २० जना महिला र ८४ जना पुरूष गरी १०४ फ्रेस अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका गाउँपालिकाहरूमा खटाउने तयारी गरिएको छ ।

बिज्ञापन

उनीहरुलाई शुक्रबारदेखि स्टाफ कलेजले मन्त्रालयमा काज फिर्ता गरिदिन्छ । सबै अधिकृतहरूलाई रिक्त ठाउँ देखाएर रोजाएर पठाउने तयारी छ । देशका कूल ७५३ स्थानीय तहमध्ये २५६ स्थानीय तहमा दरबन्दी खाली रहेको छ ।

यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालैमात्र लोकसेवा उत्र्तिण गरेका फ्रेस ३० अधिकृतलाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएकोमा १६ मन्त्रालयमै फिर्ता गराइएको थियो । लोकसेवा भिडेर नाम निकालेका, स्थानीय तहलाई फोकस गरेर तालिम र प्रशिक्षण पनि लिएका कर्मचारीमा ज्ञान छैन भन्दै कतिपय पालिकाले संघीय सरकारले खटन पटन गरेका हाकिमलाई धमाधम फिर्ता गराइदिएका थिए ।

बिज्ञापन

सामान्य प्रशासनले गत वैशाखमा लोकसेवा लडेर अधिकृतमा उक्लिएका ८२ मध्ये ३० फ्रेस शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा स्थानीय तहमा खटाएको थियो,तीमध्ये १६ जनालाई हाजिर हुन नदिइ मन्त्रालयमा फर्काइएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

बिशेष