राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश

सामाजिक सुरक्षा भत्तासहित सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सरकारले साउनदेखि राष्ट्रिय परिचयत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।

बिज्ञापन

राष्ट्रिय परिचयपत्र जारी गर्न सरकारले ढिलाइ गरिरहेको र त्यसलाई अनिवार्य गर्दा कैयौ जेष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुने भन्दै अधिवक्ता रामबहादुर रावल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । रावलले १८ असारमा दायर गरेको रिट निवेदन उपर सर्वाेच्चका न्यायधीशद्धय मनोज शर्मा र तिलप्रसाद श्रेष्ठको इजलाशबाट सुनुवाई गर्दै सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा राष्ट्रिय परिचयपत्रलाई व्यक्तिगत घटना दर्तामा अनिवार्य नगर्न भनिएको छ ।

बिज्ञापन

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाइएको थियो । सरकारले पहिलो चरणमा साउन १ गतेदेखि लागू हुने गरी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीलाई ३ महिनासम्म विदेश जान रोक

दीपक भट्टसँग नाम जोडिएका तीन सहसचिव प्रदेश पुगे,अर्काे सहसचिव तानिए मन्त्रालय

सरकारी कागजात,जिन्सी सामाग्री साता दिनभित्रै दाखिला गर्न ६ पूर्व कर्मचारीलाई अल्टिमेटम

उता ‘शून्य फाइल’,यता बढुवा फाइल महिनौंदेखि घर्रामा

खटाएका ठाउँमा गएनन् ७ उपसचिव र ९ शाखा अधिकृत,कारवाही गर्ने मन्त्रालयको तयारी

नियम विपरित प्रयोग भएका चार पाँग्रे सवारीको विवरण खोज्दै प्रधानमन्त्री कार्यालय

प्रमुख प्रशासकीय अधिकृतहरूको ‘यौनकाण्ड’ उजुरीले सामान्य प्रशासन मन्त्रालयमा हलचल

सम्पत्ति शुद्धीकरणका डिजी जिम्मेवारी मुक्त,अन्य तीन सहसचिव प्रदेशतिर

बिशेष