प्रदेश सुशासन केन्द्रमा “विकास व्यवस्थापन र सेवा प्रवाह” विषयक ३५ कार्यदिनको सेवाकालीन तालिम शुभारम्भ

प्रदेश सुशासन केन्द्र, जावलाखेल, ललितपुरले स्थानीय तहमा कार्यरत स्थानीय सेवाका अधिकृतस्तर सातौँ आठौँ प्राविधिक अप्राविधिकतहका कर्मचारीहरुका लागि सेवाकालीन तालिम शुभारम्भ गरेको छ ।

बिज्ञापन

बागमती प्रदेशका ११९ विभिन्न स्थानीय तहका कर्मचारीका लागि पहिलो चरणको सेवाकालीन तालिम आईतबार भदौ ९ बाट सुरु गरिएको हो । यस सेवाकालीन तालिम शुभारम्भ कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री श्री बहादुर सिंह लामा (तामाङ) प्रमुख अतिथि र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय श्री श्रवण कुमार पोखरेल र कृष्ण कुमार कार्कीको विशेष अतिथिको रुपमा समुपस्थिति रहेको थियो ।

बिज्ञापन

स्थानीय सेवाको विभिन्न सेवा समूहका पदमा रहेर सेवारत कर्मचारीहरुको वृत्ति विकासमा यस तालिमको महत्वपूर्ण भूमिका रहेको र बागमती प्रदेश सरकारले लिएको सुशासन, विकास र सेवा प्रवाहको लक्ष्य हासिल गर्न यस्ता क्षमता कार्यक्रम केन्द्रित हुनुपर्ने धारणा मुख्यमन्त्री लामाले राख्नुभयो ।

साथै, मुख्यमन्त्री कार्यालयका प्रदेश सचिव पोखरेलले कर्मचारीमा मनोबल, सकारात्मक सोंच र कार्यदक्षता अभिवृद्धि हुने गरि तालिम संचालन गर्न लागिएकोले सोही अनुरुप तालिममा सहभागी हुन निर्देशन समेत दिनुभयो । शुभारम्भ कार्यक्रमको अध्यक्षता गर्नुभएका केन्द्रका कार्यकारी निर्देशक श्री गोपाल कृष्ण न्यौपानेले स्थानीय तहको सेवा प्रवाहमा सुधार, सुशासन प्रवर्द्धन र असल अभ्यासको संस्थागत विकास गर्न यस तालिम सहयोगी हुने बताउनुभयो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती सेवा विद्येयकको मस्यौदाप्रति कर्मचारीको आपत्ति,दफा १,२,२८,१२१,१३५ संशोधनको माग

चार सह सचिवको जिम्मेवारी हेरफेर,दुई विभाग रिक्त

सरकारी कार्यक्रमहरू होटल तथा रिसोर्टमा गर्न नपाइने

३० हजार घुससहित खाद्य प्रविधिका प्राविधिक सहायक सन्जय चौधरी पक्राउ

निजामती विधेयकको मस्यौदामा ३ हजार बढी सुझाव,प्रशासन सुधार महाशाखा प्रमुखले गर्दैछन् विश्लेषण

कांग्रेसबाट प्रत्यक्षमा जित्ने एक्ली महिला बासना,अब पार्टी प्रमुख सचेतक

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेल

बिशेष