३० हजार घुस खाने मालपोतको सुब्बालाई कैद, अर्बको भ्रष्टाचार मुद्धामा धमाधम सफाइ

विशेष अदालतले ३० हजार घुस खाने अर्काे कर्मचारीलाई भ्रष्टचारी ठहर गरेको छ । अर्बाैको भ्रष्टाचार मुद्धामा क्लिन चिट दिँदै आएको विशेषले कपिलवस्तुको भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवाका नायब सुब्बा नरहरी खनाल भ्रष्टाचारी ठहर गरेको हो ।

बिज्ञापन

जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ३० हजार घुससहित पक्राउ परेका उनलाई बिशेष अदालतले दोषी ठहर गरेको हो ।

बिज्ञापन

गत २४ बैशाखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको थियो । अदालतले उनलाई एक महिना कैद सजाय सुनाएको छ । उनी २२ दिन अख्त्यिारको हिरासतमा बसेका थिए ।
यस अघि अख्तियारले विशेषले ३० हजार घुस लिने आन्तरिक राजश्व कार्यालय महाराजगञ्जकी कम्प्युटर अधिकृत बिन्दु प्रधानलाई कैद सजायँ सुनाएको थियो । उनी हिरासतमा पुगेकी छिन् ।

यस्तै केही अघिमात्र विशेष अदालतले २५ हजार घुस लिने सब इञ्जिनियरलाई दोषी ठहर गर्यो । अख्तियारको टोलीले गत असोज १६ गते २५ हजार घुस लिँदै गरेको अवस्थामा चन्द्रागिरी नगरपालिका १४ नम्बर वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव इन्जिनियर विजया लक्ष्मी पन्तलाई पक्राउ गरेर मुद्धा चलाएको थियो ।

बिज्ञापन

घर निर्माण गरिसकेको प्रमाणपत्र उपलब्ध गराए बापत पन्तले घुस लिइसकेको अवस्थामा पक्राउ गरेर गत २२ पुसमा विशेषमा मुद्धा दायर गरेकोमा विशेष अदालतले दुई महिना नबित्दै उक्त मुद्धाको फैसला सुनाउँदै दोषी ठहर गरेको हो । तीन महिना कैद र २५ हजार जरिवानाको फैसला भएको छ। पछिल्ला समय विशेषबाट छिटोभन्दा छिटो मुद्धाको फैसला आउन थालेको छ । तर त्यही अदालतले करोडौं अकुत आर्जनको मुद्धामा सफाई दिने र अनि केही हजार घुस लिएको अभियोगमा अख्तियारले मुद्धा चलाएकोलाई दोषी करार गर्दछ र कैद सजाय तोक्दै आएका यस्ता घटनाक्रम धेरै देखिन थालेकाछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष