मन्त्री क्वार्टरका सामान पूर्वमन्त्रीका घरमा

सुन्दै लाज लाग्ने ‑ देश चलाउने जिम्मेवारी लिएका मन्त्री सांसदले जाबो डाडु पन्यु, थाल बटुकामा र्‍याल चुहाएको !

बिज्ञापन

राज्यकोषबाट ब्राण्डेड र महँगा सामान मगाएर ‘भोग’ गर्नेहरूले थाल बटुकासमेत उठाएर लैजाँदा शहरीका कर्मचारी आजित छन् । आठ/नौ महिनामा सरकार‑मन्त्री फेरिन र क्वार्टरका सामान धमाधम भूपू मन्त्रीको घरमा पुग्न थालेपछि कर्मचारीहरूले सामग्री फिर्ताका लागि ताकेता गर्दै छन् । यसअघि क्वार्टरबाटै सामान उठाएर लैजाने मन्त्रीहरू महेन्द्र राय यादव, रामसहाय यादवलगायतले संघीय संसद सचिवालयको ताकेतापछि केही सामान फर्काएका थिए तर अहिलेका मन्त्री परिछन् ‘जब्बर ।’

बिज्ञापन

पति रेशम चौधरीसँग लफडामा परेर पानी बाराबारको स्थितिबाट गुज्रिरहेकी रञ्जिता श्रेष्ठको मन्त्री पद गएको पाँच महिना बित्यो तर क्वार्टरबाट लगेका सामग्री फिर्ता हुने छाँट छैन । कर्मचारीले फर्काउन दर्जनौं पटक फोन गरे, पत्र काटे तर हालत उस्तै । १७ चैत ०७९ मा मन्त्री बनेर ११ महिनापछि ८० फागुन २३ गते बी थ्री ब्लकबाट बाहिरिएकी रञ्जिताले राज्यले अस्थायी रूपमा उपयोग गर्न दिएको थाल, बटुका, डाडुपन्युजस्ता सामग्रीसमेत लगेको बताइन्छ ।

अरु मन्त्रीले ताकेता गरेको हप्ताभित्रै फिर्ता गरे तर रञ्जिताले पाँच महिना बित्दासमेत वास्ता गरेकी छैनन् । उनले वासिङ मेसिन, गलैँचा, हिटर, सिरक, डस्ना, सिरानी, कुसन, इन्डक्सन चुल्हो नै लगेको कर्मचारीले बताए । रञ्जिता हटेलगत्तै उनको सचिवालयका रमेश विश्वकर्मा र रणबहादुर चौधरीले सचिवालयलाई पत्रै लेखेर यी सामग्री मन्त्रीसँगै रहेको, आफ्नो जिम्मामा नरहेको भन्दै पन्छिएका थिए ।

बिज्ञापन

अघिल्लो पटक कृषि तथा पशुपक्षीमन्त्रीबाट बिदा पाएका महेन्द्र राय यादवले पनि क्वार्टर छाड्दा वासिङ मेसिनलगायत सामग्री लगेका थिए । यस्तै पूर्ववनमन्त्री रामसहाय यादवले प्रिन्टर, प्रोजेक्टर नै उठाए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष