दिँउसो मन्त्रीले महाशाखा परिवर्तन गरेका सहसचिव साँझको क्याविनेटबाट महावाणिज्यदूत

बिहिबार दिँउसो गृहमन्त्री रमेश लेखकले दुई सहसचिवको महाशाखा हेरफेर गरे ।  प्रशासन महाशाखाका प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका झक्क प्रसाद आचार्यलाई कर्मचारी प्रशासन महाशाखाबाट नीति योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखामा सारेर उक्त महाशाखामा छवि रिजाललाई ल्याएका छन् । यस अघि चितवन स्थित सिमलताल दुर्घटना अध्ययन कार्यदलको संयोजन गरेका थिए । यसअघि प्रशासन महाशाखा प्रमुख रहेका झक्क प्रसाद आचार्यलाई यसअघिका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आचार्यलाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिएका थिए ।
उनै आचार्यलाई साँझको क्याविनेटले महत्वपूर्ण जिम्मेवारी दिएर विदेश पठाउन लागेको छ । हिजो बसेको क्याविनेटले विभिन्न चार देशमा महावाणिज्यदूत नियुक्ति सिफारिस गरेको छ । यस अघिको सरकारले महावाणिज्यदूत नियुक्ति गर्नका लागि भन्दै परराष्ट्रमा पठाएको नवराज ढुङ्गना र नारायण प्रसाद भट्टलाई प्रदेशतिर खटाएर त्यहाँ गृहबाट दुई,उद्योगबाट एक र सामान्य प्रशासनका एक जना सहसचिवलाई परराष्ट्रमा खटाउने निर्णय गरेको हो ।

बिज्ञापन

हिजोको मन्त्रिपरिषद् बैठकले सहसचिवहरू झक्क प्रसाद आचार्य, लक्ष्मी प्रसाद निरौला, विन्देश्वर प्रसाद लेखक र भरत खनाललाई परराष्ट्र मन्त्रालय पठाउने निर्णय गरेको हो । आचार्य गृहबाट, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव निरौला, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त) का लेखक र गृह मन्त्रालयकै सहसचिव खनाललाई रिक्त महावाणिज्य कलकत्ता, बेइजिङ, ग्वान्जाओ र ल्हासा पठाउन लागिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्काे सहसचिवले दिए राजीनामा,स्वीकृत हुन बाँकी

प्रादेशिक पिआइए पोर्टलमा तीन सुविधा थप, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

उपसचिवको नियुक्ति सिफारिस बदर

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

बिशेष