परराष्ट्र सचिव लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस

सरकारले परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो ।

बिज्ञापन

लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी थिइन् । उनी परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव हुन् ।डिप्लोम्याट अफिसरहरुका लागि न्युयोर्कस्थित राष्ट्रसंघीय नियोग, अमेरिका, भारत, चीन, बेलायत, क्यानडाजस्ता मुलुक राजदूत पदका लागि सर्वाधिक आकर्षक मानिन्छन्। यी दुतावासलाई परराष्ट्र मन्त्रालयले ‘क’ श्रेणीमा राखेको छ। परराष्ट्र मन्त्रालय आफैंले बेल्जियमलाई ख श्रेणीमा बर्गीकरण गरेको छ । सो मुलुमा राजदूत बनेर जान लम्साल राजी भएकी हुन । अहिले त्यहाँ सहसचिव गेहेन्द्र राजभण्डारी कार्यरत छन् । यस अघि सहसचिवले राजदूतको जिम्मेवारी सम्हालिहरेको ठाउँमा लम्साल राजदूत भएर जान लागेकी हुन ।

बिज्ञापन

अब मन्त्रालयको निमित्त सचिवमा प्रवक्ता अमृत राई हुने भएका छन् । उनी परराष्ट्र सेवाका सबैभन्दा सिनियर सहसचिव हुन् । लम्साल आगामी बर्ष अर्थात २०८२ असारमा ५८ वर्ष उमेर हद लागेर अवकाशमा जानेछिन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष