भरतपुरका लेखा अधिकृत र एकान्तकुनाका कम्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहिबार एक जना लेखा अधिकृत र अर्काे कम्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्धा चलाएका छ । अख्तियारले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइराला र यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

बिज्ञापन

अख्तियारले क्यान्सर अस्पतालको लेखा अधिकृत कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग नगद एक लाख ५० हजार रुपैयाँ र चार लाख ५० हजारको बैंक चेक लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

बिज्ञापन

थप अनुसन्धान हुँदा अस्पतालमा औषधि सप्लाई गरेवापत नियमअनुसार पाउनुपर्ने रकमको भुक्तानी दिनका लागि सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस माग गरी नगद डेढ लाख र साढे चार लाख रुपैयाँको चेक लिएको पुष्टि भएसँगै अख्तियारले आज मुद्धा विशेषमा लगेको हो ।

यता, चालक अनुमतिपत्रको अभिलेख नवीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु बीस हजार बराबरको घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बिज्ञापन

आरोपी रेग्मीलाई बिगो बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सशस्त्रका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

अब कर्मचारी दलीय गतिविधिमा आवद्ध भए सिधै बर्खास्त,भविष्यमा सरकारी सेवाका लागि अयोग्य

ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पाण्डे पक्राउ

निजामती कर्मचारीको पदपूर्ति प्रावधानमा व्यापक परिमार्जन

यस्तो छ संघीय निजामती सेवा विद्येयकको मस्यौदा,के के छ नयाँ व्यवस्था ?

प्रमुख प्रशासकीय अधिकृत संघले पठाउने,प्रदेशले खटाउने

संघीय निजामती विधेयकमा सरकारका ५० नयाँ व्यवस्था

यस्ता छन्,निजामती सेवा विद्येयकमा प्रस्ताव गरिएका २ दर्जन नयाँ व्यवस्था

बिशेष