विदेश पोष्टिङका लागि कर्मचारीको नाम छान्ने,तान्ने र फाल्ने काम धमाधम

ओली सरकारले विभिन्न पाँच देशमा नियुक्ति सिफारिस गरेका राजदूतका नाम विवादमा परेको छ । सरकारले १४ साउनमा १८ देशमा राजदूत सिफारिस गरेको छ । ती मध्य ५ देशमा सिफारिस गरिएका राजदूत विवादमा परेको छ ।

बिज्ञापन

जसमा दक्षिण अफ्रिकाका लागि सिफारिस गरेका प्रा डा कपिलमान श्रेष्ठ, इजरायलका लागि सिफारिस गरेका धनप्रसाद पण्डित, अस्ट्रेलियाका लागि सिफारिस गरेका कान्ता रिजाल, मलेसियाका लागि सिफारिस गरेका डा नेत्रप्रसाद तिमिल्सिना र भारतका लागि सिफारिस डा शंकर शर्मा संसदीय सुनुवाइ नहुँदै विवादमा पर्यो । अर्दली (सहयोगी)लाई विदेशमै छोडेर आएपछि विवादमा परेको कान्ता भट्टराईको नाम काटिसकेको छ ।

बिज्ञापन

भारतका लागि राजदूतमा दोह्रोर्याइएका शंकर शर्माको नियुक्ति सिफारिस राजदूत नियुक्ति सम्बन्धी निर्देशिका २०७५ खिलाफमा रहेको पाइएको छ । उक्त निर्देशिकामा एउटै मुलुकमा दोहोर्याएर राजदूत नियुक्त नगरिने उल्लेख छ । यस्तै संविधानमै संवैधानिक निकाय र राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष वा सदस्य भइसकेको व्यक्तिले अर्काे राजनीतिक नियुक्ति लिन नमिल्ने व्यवस्था गरिएको छ तर दक्षिण अफ्रिकाका लागि राजदूतमा सिफारिस भएका कपिल श्रेष्ठको नाम समेत यसैगरी विवादमा मुछिएको छ ।
यसैबीच सरकारले १८ मुलुकमा राजदूत सिफारिस गर्दा बेल्जियम खाली राख्नुको कारण त्यहाँ परराष्ट्र सचिव सेवा लम्साललाई नियुक्ति गर्नका लागि हो भनिदैंछ ।
उता परराष्ट्रमै सरुवाको तयारी भइरहेको छ । मन्त्रालयले नायब सुव्वा तहदेखि उपसचिव तहसम्मका तीन दर्जन बढी कर्मचारीको सरुवाको सूची तयार गरिरहेको छ । परराष्ट्र सेवाभित्रका कर्मचारीहरुको सरुवा बर्षमा दुई पटक गरिदैं आएको छ । पहिलो साउन र दोश्रो माघ महिनामा । यो लटमा ३५ भन्दा बढी कर्मचारीहरु सरुवा हुँदैछन् ।परराष्ट्रले विश्वका विभिन्न मुलुकको निम्ति मिसनहरुमा खटाइने कर्मचारीको गृहकार्य थालेको छ ।

यसैबीच नायवसुब्बा,शाखा अधिकृत र उपसचिव सरहका तीन दर्जन कर्मचारीहरुको यो लटमा सरुवा गर्न लागिएको हो । हाल दक्षिण अफ्रिका,बेलायत,युएई र साउदी अरेबियास्थित नेपाली दूतावासमा उपसचिवहरु रिक्त भएको स्रोतले बतायो ।

बिज्ञापन

विभिन्न दूतावास,महावाणिज्य दूतावास र राष्ट्र संघीय कार्यालयमा तोकिएको अवधि पूरा गरेका र विभिन्न कारणले स्वदेश तान्नुपर्ने कर्मचारीलाई वर्षको दुई पटक हुने गरेको सरुवामा मन्त्रालयमा ल्याइन्छ । त्यसपछि केहीलाई राहदानी, कन्सुलर विभागलगायत निकायमा खटाउने गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्काे सहसचिवले दिए राजीनामा,स्वीकृत हुन बाँकी

प्रादेशिक पिआइए पोर्टलमा तीन सुविधा थप, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

उपसचिवको नियुक्ति सिफारिस बदर

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

बिशेष