१५ कर्मचारी नियुक्ति गर्दा ६० लाख असुलिएको बिषयमा सतर्कताले शुरु गर्यो छानबिन

राष्ट्रिय ट्रमा सेन्टरमा नियुक्त गरिएका १५ कर्मचारीको बिषयमा राष्ट्रिय सतर्कता केन्द्रले आवश्यक कागजात तीन दिनभित्र पठाउन निर्देशन दिएको छ ।  उक्त कार्यालयको प्रमुखको जिम्मेवारीमा बद्री रिजाल ट्रमाको प्रमुख (मे.सु) हुँदा प्रति व्यक्ति ४ लाखका दरले रकम उठाएर १५ कर्मचारी भर्ना गरिएको बिषयमा ट्रमा सेन्टरलाई ३ दिनभित्र राय प्रतिक्रिया सहित आवश्यक कागजात उपलव्ध गराउन केन्द्रले ट्रमाका नाममा पत्र काटेको हो ।

बिज्ञापन

मुलुककै पहिलो र ठूलो राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख हुँदा डाक्टर बद्री रिजालले गरेका बदमासीविरुद्ध ट्रमाकै केही कर्मचारीहरु आपत्ति जनाउँदै अख्तियारदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,अख्तियार,सर्तकता केन्द्रसम्म पुगेका थिए ।  काँग्रेसी निकट चिकित्सक संघको पूर्व महासचिव हुँदै बहालवाला उपाध्यक्षको समेत भूमिकामा रहेका रिजालले ट्रमामा रहँदा प्रति कर्मचारी ४ लाखका दरले उठाएर १५ जना भर्ना गरिएको,उक्त सेन्टरमा विरामीका लागि प्रयोग हुने किला काटी,पाता लगायतका स्वास्थ्य सामाग्री आफू निकटका व्यापारीलाई गैरकानुनी रुपमा वेडवेडमा ल्याउन लगाइ व्यापार गराएको,प्याथोलोजीमा प्रयोग हुने किट तथा रिएजेन्टहरु आफू अनुकुल मिल्ने स्पेशिफिकेसन बनाइ ३५ लाख लिएर ओम सर्जिकललाई दिलाएको बिषयमा परेको उजुरी उपर केन्द्रले चासो देखाउँदै तीन दिन भित्र कागजात पठाउन भनेको छ ।

बिज्ञापन

उनी पदमा हुँदा बिरामीलाई आफ्नो निजी अस्पतालमा पठाउने गरेको आरोप लाग्दै आएको थियो । रिजाल आफैं अस्पतालको सञ्चालक समेत हुन । सामाकोशीस्थित अल नेपाल अस्पतालका सञ्चालक समेत हुन । यस्तै अल नेपाल अस्पतालमा कार्यरत प्रयोगशालाकर्मीहरुलाई ट्रमाको प्रयोगशालामा नियुक्ति दिलाएको लगायतका उजुरी उपर छानबिनका लागि सेन्टरका प्रहरी उपरीक्षक राजेन्द्र कुमार पोखरेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएकोले तीन दिनभित्र आवश्यक कागजात सहित राय पेश गर्न ट्रमा सेन्टरलाई काटिएको पत्रमा भनिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्काे सहसचिवले दिए राजीनामा,स्वीकृत हुन बाँकी

प्रादेशिक पिआइए पोर्टलमा तीन सुविधा थप, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

उपसचिवको नियुक्ति सिफारिस बदर

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

बिशेष